images
images

एक वर्षमा निर्जीवन बीमा कम्पनीले संकलन गरे ४१ अर्ब १७ करोड माथि बीमा शुल्क, कुनले कम्पनीले कति ?

एक वर्षमा निर्जीवन बीमा कम्पनीले संकलन गरे ४१ अर्ब १७ करोड माथि बीमा शुल्क, कुनले कम्पनीले कति ?

एक बर्षको अवधीमा १४ निर्जीवन बीमा कम्पनीहरूले २८ लाख ४९ हजार ९३४ वटा बीमा पोलिसी बिक्री गरेका छन् ।

बिहिवार, साउन १७ २०८१
बिहिवार, साउन १७ २०८१
  • images
    images
    एक वर्षमा निर्जीवन बीमा कम्पनीले संकलन गरे ४१ अर्ब १७ करोड माथि बीमा शुल्क, कुनले कम्पनीले कति ?
    images
    images

    काठमाडौँ / आर्थिक बर्ष २०८०/८१ मा निर्जीवन बीमा कम्पनीहरुले ४१ अर्ब ४० करोडमाथि कुल बीमा शुल्क संकलन गरेका छन् । 

    images
    images

    नेपाल बीमा कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार हाल सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरूले एक बर्षमा ४१ अर्ब १७ करोड १३ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरका हुन् । यस अवधिसम्ममा निर्जीवन बीमकले २८ लाख ४९ हजार ९३४ वटा बीमा पोलिसी बिक्री गरेका छन् । 

    शिखर इन्स्योरेन्सले संकलन गर्यो सबैभन्दा धेरै 

    एक बर्षको अवधीमा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले कुल बीमा शुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा ५ अर्ब ४७ करोड ०२ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । 

    निर्जीवन बीमा कम्पनीहरुको कुल ब्यापारमा शिखर इन्स्योरेन्सको बजार हिस्सा १३ प्रतिशत हो । 

    यस्तै, दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । कम्पनीले यस अवधिमा ४ अर्ब ७८ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । जुन निर्जीवन बीमा कम्पनीहरुको कुल ब्यापारमा यस कम्पनीको ११ प्रतिशत बजार हिस्सा रहेको छ । 

    सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ४ अर्ब १७ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । जुन निर्जीवन बीमा कम्पनीहरुको कुल ब्यापारमा यस कम्पनीको बजार हिस्सा १० प्रतिशत रहेको छ ।

    अन्य कुन कम्पनीको कति ? 

    एक बर्षको अवधीमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले यस अवधिमा ३ अर्ब ७२ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । 

    आइजिआइ प्रुडेन्सियल इन्सयोरेन्सले ३ अर्ब ६५ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । 

    नेको इन्स्योरेन्सले ३ अर्ब १४ करोड, यूनाइटेड अजोड इन्स्योरेन्सले २ अर्ब ७२ करोड, सानिमा जिआइसीले २ अर्ब ६१ करोड, एनएलजी इन्स्योरेन्स कम्पनीले २ अर्ब ५५ करोड, ओरिएण्टल इन्स्योरेन्सले २ अर्ब १६ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । 

    त्यसैगरी प्रभु इन्स्योरेन्सले १ अर्ब ७७ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ५९ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । नेपाल इन्स्योरेन्सले १ अर्ब ५९ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । नेशनल इन्स्योरेन्सले १ अर्ब १९ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार