images
images

एक महिनामा निर्जीवन बीमा कम्पनीले संकलन गर्यो ४ अर्ब ८४ करोड बीमा शुल्क, कुन कम्पनीको कति ?

एक महिनामा निर्जीवन बीमा कम्पनीले संकलन गर्यो ४ अर्ब ८४ करोड बीमा शुल्क, कुन कम्पनीको कति ?

शुक्रवार, साउन १८ २०८१
शुक्रवार, साउन १८ २०८१
  • images
    images
    एक महिनामा निर्जीवन बीमा कम्पनीले संकलन गर्यो ४ अर्ब ८४ करोड बीमा शुल्क, कुन कम्पनीको कति ?
    images
    images

    काठमाडौँ / निर्जीवन बीमा कम्पनीहरुले एक महिनामा करिब ५ अर्बको व्यापार गर्न सफल भएका छन्। 

    images
    images

    नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार २०८०/८१ को असार महिनामा मात्रै हाल सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले ४ अर्ब ८४ करोड १३ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्न सफल भएका हुन्।

    सबैभन्दा धेरै व्यापार गर्नेमा शिखर इन्स्योरेन्स

    एक महिनामा सबैभन्दा धेरै व्यापार गर्नेमा शिखर इन्स्योरेन्स रहेको छ। कम्पनीले एक महिनामा ५७ करोड ३५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। जुन कुल निर्जीवन बीमा बजारको ११ प्रतिशत बजार हिस्सा हो। 

    दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ५० करोड ८५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। जुन कम्पनीको कुल निर्जीवन बीमा बजारको १० प्रतिशत हिस्सा छ। 

    यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ४९ करोड ४४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। जुन निर्जीवन बीमा कम्पनीहरुको कुल व्यापारमा यस कम्पनीको बजार हिस्सा १० प्रतिशत हो।

    अन्य कुन कम्पनीको कति ? 

    असार महिनामा हिमालयन एभरेस्ट इन्स्योरेन्सले ४८ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ४३ करोड ७३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। 

    ओरिएन्टल इन्स्योरेन्सले ४० करोड ६२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। त्यस्तै, एक महिनामा सानिमा जिआइसी इन्स्योरेन्सले ४० करोड १६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। युनाइटेड अजोड इन्स्योरेन्सले ३४ करोड २ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। एनएलजी इन्स्योरेन्स कम्पनीले २९ करोड १८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। 

    त्यसैगरी नेको इन्स्योरेन्सले २५ करोड ७२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। प्रभु इन्स्योरेन्सले २१ कोड ३२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। नेपाल इन्स्योरेन्सले १८ करोड ८१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। 

    यता, एक महिनामा नेशनल इन्स्योरेन्सले १७ करोड ९१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। राष्ट्रिय बीमा कम्पनीले ६ करोड २५ लाख रुपैयाँ संकलन गरेको छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार