images
images

स्टार माइक्रो इन्स्योरेन्सले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नियुक्त गर्यो एनआइएमबि एस क्यापिटल

स्टार माइक्रो इन्स्योरेन्सले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नियुक्त गर्यो एनआइएमबि एस क्यापिटल

मंगलवार, भदौ ११ २०८१
मंगलवार, भदौ ११ २०८१
  • images
    images
    स्टार माइक्रो इन्स्योरेन्सले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नियुक्त गर्यो एनआइएमबि एस क्यापिटल
    images
    images

    काठमाडौँ / स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आइपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ ।  यसका लागि कम्पनीले एनआइएमबि एस क्यापिटललाई शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटललाई नियुक्त गरेको हो । 

    images
    images

    कम्पनीले  आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको कूल २२ लाख ५० हजार कित्ता साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको हो । कम्पनीले प्रति शेयर मूल्य एक सय रुपैयाँ तोकेको छ । 

    न्यून आय भएका एवं पिछडिएका क्षेत्रका वासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई निर्जीवन लघु बीमा सेवा पु¥याउने लक्ष्य लिई यस कम्पनीले २०७९ पुष १४ गते दर्ता भइ २०८० भदौँ १ गतेदेखि निर्जीवन लघु बीमाको इजाजत पत्र प्राप्त गरी देशका विभिन्न स्थानहरुमार्फत लघुु निर्जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आईरहेको छ ।

    भदौँ ९ गते गरिएको उक्त सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्व राम तिमिला र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाद्वारा हस्ताक्षर गरिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार