images
images

महिला टी २० आई त्रिकोणीय क्रिकेट शृङ्खलाकी उत्कृष्ट खेलाडी यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडबाट पुरस्कृत

महिला टी २० आई त्रिकोणीय क्रिकेट शृङ्खलाकी उत्कृष्ट खेलाडी यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडबाट पुरस्कृत

आइतवार, माघ २७ २०८१
आइतवार, माघ २७ २०८१
  • images
    images
    महिला टी २० आई त्रिकोणीय क्रिकेट शृङ्खलाकी उत्कृष्ट खेलाडी यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडबाट पुरस्कृत
    images
    images

    काठमाडौं/  सहभागी तीन राष्ट्रहरू नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डले प्रस्तुत गरेको रोमाञ्चक प्रदर्शन, दृढ संकल्प र उत्कृष्ट खेल भावनासँगै नेपालमा आयोजित महिला टी २०आई त्रिकोणीय क्रिकेट शृङ्खला २०२५ सम्पन्न भएको छ। 

    images
    images

    प्रतियोगिताको टाइटल प्रायोजकको रूपमा यामाहा नेपालले शृङ्खलाकि उत्कृष्ट नेपाली खेलाडीलाई उनको अविश्वसनीय योगदानको प्रशंसास्वरूप ब्रान्ड न्यू यामाहा रेजेडआर १२५एफआई हाइब्रिड प्रदान गर्दै नेपाली महिला क्रिकेटको उपलब्धिलाई सम्मान गरेको छ।

    फाइनल खेलपछि आयोजित समारोहमा एमएडब्ल्यू राइड्सकी मार्केटिङ प्रमुख सलिना शर्माले नेपाली क्रिकेट टोलीकी सदस्य पुजा महतोलाई शृंखलामा देखाएको प्रदर्शन, समर्पण र प्रतियोगितामा राखेको प्रभावको कदर गर्दै स्कुटरको साँचो हस्तान्तरण गरे । 

    यो पुरस्कार नेपाली खेलकुद, विशेष गरी देशमा महिला क्रिकेटको उदयको लागि यामाहाको निरन्तर समर्थनको प्रतिक हो।

    यो प्रतियोगिता नेपालमा महिला क्रिकेटको बढ्दो लोकप्रियताको प्रमाण हो भने यामाहा नेपालले असाधारण प्रतिभाको पहिचान गर्न र उनलाई पुरस्कृत गर्न पाउँदा सम्मानित अनुभव गरेको छ। 

    यामाहा नेपाल यस यात्राको हिस्सा हुन पाउँदा गर्व गर्दछ र खेलाडीहरूलाई सशक्त बनाउने, खेल भावना जगाउने र अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको उपस्थितिलाई उकास्ने हरेक प्लेटफर्मलाई समर्थन गर्न प्रतिबद्ध रहेको जनाएको छ। 

    यो प्रायोजन र कदरसँगै यामाहा नेपाल मैदान भित्र र बाहिर दुवैमा प्रदर्शन, जोश र दृढताप्रतिको आफ्नो समर्पणलाई सुदृढ पार्दै नेपालको खेलकुद क्षेत्रसँगको आफ्नो सम्बन्ध बलियो बनाउन क्रियाशिल छ।

    श्रृंखलाकि सर्वश्रेष्ठ नेपाली खेलाडीलाई प्रस्तुत गरिएको यामाहा रेजेडआर १२५एफआई हाइब्रिड यसको उत्कृष्ट इन्धन दक्षता, हल्का तौलयुक्त डिजाइन, हाइब्रिड पावर असिस्ट टेक्नोलोजी र उन्नत सुविधाहरूको लागि परिचित छ जसले यसलाई प्रतियोगिताभरि छाएका स्पीड, एजिलिटी र रेजिलियन्सलाई मूर्त रूप दिने च्याम्पियनहरूको लागि एक उत्तम सवारी बनाउने कम्पनीको दाबी छ । 

    एमएडब्लू अन्तर्गतको यामाहा नवीनता, प्रदर्शन र विश्वसनीयताको लागि परिचित नेपालकै अग्रणी दुई पाङ्ग्रे ब्रान्ड हो। नेपाली बजारमा बलियो उपस्थिति भएको यामाहा खेलकुदलाई समर्थन गर्न, युवाहरूलाई सशक्त बनाउन र विश्वस्तरीय सवारी अनुभवहरू प्रदान गर्न सधैं प्रतिबद्ध रहेको बताएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार