images
images

महाशिवरात्री सेवा शिविर सम्पन्न, स्काउटको सेवाले दर्शनार्थीलाई सहज

महाशिवरात्री सेवा शिविर सम्पन्न, स्काउटको सेवाले दर्शनार्थीलाई सहज

बिहिवार, फागुन १५ २०८१
बिहिवार, फागुन १५ २०८१
  • images
    images
    महाशिवरात्री सेवा शिविर सम्पन्न, स्काउटको सेवाले दर्शनार्थीलाई सहज
    images
    images

    काठमाडौं/  नेपाल स्काउट, स्थानीय स्काउट कार्यालय, काठमाडौं महानगरपालिकाको आयोजनामा आयोजित दुई दिने स्काउट महाशिवरात्री सेवा शिविर  सम्पन्न भएको हो ।  उक्त सेवा शिविरले दर्शनार्थीलाई अवलोकन गर्न सहज भएको थियो । 

    images
    images

    हरेक वर्ष फागुन कृष्ण चर्तुदशीका दिन मनाइने महाशिवरात्री सेवा शिविरमा काठमाडौं महानगरपालिका अन्तर्गत रहेका १० वटा क्य्रूबाट करिब २०० रोभरारेञ्जर स्काउटले भोलिन्टर सेवा गरेका थिए । 

    हँसिलो अनुहारमा रसिलो बोली बोल्ने युवा स्काउटको सेवाबाट भक्तजनहरु सन्तुष्ट  भए । 

    स्काउटको पूर्ण पोशाकमा रहेर समाजमा युवाले सभ्य र शालिन तरिकाले सेवा दिने यो मात्र एक शैक्षिक अभियान हो । 

    महाशिवरात्री सेवा शिविरमा बोल्दै नेपाल स्काउटका प्रमुख आयुक्त  देवराज घिमिरेले यस्ता सेवा शिविरले युवा विद्यार्थीलाई मानवीय सम्बन्ध र यसमा आउने विभिन्न समस्यासँग भिज्न सिकाउने बताए । 

    साथै,  प्रमुख आयुक्त घिमिरेले नेपाल स्काउटले स्काउटिङका हरेक गतिविधिमा युवा स्काउटलाई अग्रणी भूमिकामा राखेकाले सम्पूर्ण युवा स्काउटलाई अगाडि आउन समेत आग्रह गरे ।

    त्यस्तै, शिविरमा बोल्दै स्थानीय स्काउट प्रमुख ज्ञानी महर्जनले सम्पूर्ण युवा रोभरारेन्जर स्काउटको सहयोगले यो शिविर सहज रुपले सम्पन्न भएको बताइन् ।

    पछिल्लो समयमा युवापुस्तामा बढ्दै गएको प्रविधिप्रतिको अत्यधिक क्रेजको न्यूनीकरणका लागि यस्ता कार्यक्रमहरु उपयोगी हुने शिक्षाविद्हरुले बताउँछन् । 

    scout 1.jpg

    युवालाई समाजका धार्मिक, साँस्कृतिक क्रियाकलाप बुझाउन र मानवीय सम्बन्धलाई बलियो बनाउनका लागि यस्ता क्रियाकलापमा जोड्नुपर्ने समाजशास्त्रीहरुको पनि बुझाइ छ । 

    विश्व स्काउटको स्थापनाको समयदेखि नै स्काउटलाई यस्ता विभिन्न धार्मिक तथा साँस्कृतिक क्रियाकलापमा जोड्दै आएको भएता पनि प्रविधि र समाजको विकासक्रमसँगै नेपाल स्काउटले यस्ता क्रियकलापमा रोभरारेन्जरको सहभागितालाई भने अझै व्यापक बनाउन नसकेको एक वरिष्ठ स्काउटरले बताए ।

     
    समाजमा अझै पनि स्काउट भन्ने वित्तिकै किशोर किशोरी स्काउट भन्ने बुझिन्छ तर स्काउटका उमेर अनुसारका फरक फरक तहलाई समुदायमा अझ व्यापक रुपले अगाडि बढाउन सकेमा देशको आर्थिक समृद्धि हासिल गर्नमा सहयोगी हुने देखिन्छ । 

    विपद्का समयमा समेत एकै पटक दक्ष युवा जनशक्ति सेवाका लागि अगाडि बढ्न सक्नेमा कुनै शंका रहँदैन ।

    ‘नेपाल स्काउटले लिएको एक घर एक स्काउट’ अभियानलाई सहयोग पुग्ने गरेर जसरी काठमाडौं महानगरपालिकाले महानगरभित्रका हरेक संस्थापक र सामुदायिक विद्यालयमा स्काउट क्लव अनिवार्य गठन गर्नुपर्ने नीति बनाएको छ त्यसरी नै आर्थिक समृद्धि र विपद्मा सक्षम युवा निर्माणका लागि अन्य स्थानिय निकायले पनि स्काउटिङ शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने देखिन्छ । 

    राजकुमार सिंखडा शिविर प्रमुख रहेको उक्त महाशिवरात्री सेवा शिविरमा राष्ट्रिय परिषद् सदस्यहरु, सहायक राष्ट्रिय परिषद् सदस्यहरु, ककनी ट्रेनिङ सेन्टरका पूर्व संयोजक केशरत्न बज्राचार्य , अन्तर्राष्ट्रिय आयुक्त स्मृति बराल, नेपाल स्काउटका कार्यकारी निर्देशक राम भट्टराई, स्थानीय परिषद् सदस्यहरु, कार्यसमिति सदस्यहरु लगायत स्काउटरहरुको बाक्लै उपस्थिति रहेको सह क्याम्प चिफ गंगा चौलागाईले अर्थ डबलीलाई बताइन् ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार