images
images

दुबईमा मधेशी एकता समाजको होली उत्सव र अन्तरक्रिया कार्यक्रम सम्पन्न

दुबईमा मधेशी एकता समाजको होली उत्सव र अन्तरक्रिया कार्यक्रम सम्पन्न

बिहिवार, फागुन १५ २०८१
बिहिवार, फागुन १५ २०८१
  • images
    images
    दुबईमा मधेशी एकता समाजको होली उत्सव र अन्तरक्रिया कार्यक्रम सम्पन्न
    images
    images

    काठमाडौं/  नेपालका प्रवासी मधेशीहरुको अन्तर्राष्ट्रिय छाता संगठन मधेशी एकता समाजले संयुक्त अरब इमिरेट्सको दुबईमा यस वर्षको होली पर्व मनाएको छ ।
     
    एकता समाजको युएई शाखाले आइतबार दुबईको बरदुबईमा धुमधाम एवं भव्यताका साथ होली महोत्सव मनाएको हो । पूर्व उपप्रधानमन्त्री एवं जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रमुख अतिथिको रुपमा होली कार्यक्रमको गरिमा बढाउनुभएको थियो । 

    images
    images

    कार्यक्रममा मधेशी समुदायका ७ सय जनाभन्दा बढी मानिस सहभागी थिए । त्यस अवसरमा उनीहरुले एकअर्कालाई रंग र अबिर दलेर होलीको शुभकामना आदानप्रदान गरेका थिए ।

     
    कार्यक्रममा आबुधाबीस्थित नेपाली दूतावासका राजदूत तेज बहादुर क्षेत्री, मधेशी एकता समाजका संस्थापक तथा अन्तर्राष्ट्रिय समिति अध्यक्ष डा. रविन्द्र कुमार यादव, दूतावासका तृतीय सचिव विमलेश मिश्र, श्रम सहचारी पंकज लाभ कर्ण, मधेशी एकता समाज नेपालका संयोजक डा. बबीसिंह यादव, अन्तर्राष्ट्रिय समितिका महासचिव मुकेश झा, एनआरएनए यूएईका महासचिव भुवन कुमार वाग्ले, नेपाल जनप्रगतिशील मञ्च यूएईका अध्यक्ष लक्ष्मण खनाल, नेपाल पत्रकार महासंघ यूएईका अध्यक्ष मेघराज सापकोटालगायतको उपस्थिति थियो ।

    समाजका महासचिव सुरेश यादव र सहअध्यक्ष एवं प्रवक्ता शैलेन्द्र रायले उद्घाटन समारोहको सञ्चालन गरेका थिए । यस्तै सांस्कृतिक कार्यक्रमको सञ्चालन भोला पासवान र मनोज परदेशीले गरेका थिए ।

    त्यस अवसरमा सांस्कृतिक कार्यक्रम, नाचगान, होली गीत, जोगिरा गायन र विभिन्न परिकारका खानेकुराको व्यवस्था गरिएको थियो । 

    नेपालबाट गएका चर्चित कलाकार रविराज साह र शोभा पासवानले आफ्नो प्रस्तुतिले दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । स्थानीय कलाकार भोला पासवान, ईशा, अनाया, भिरु यादव, स्लोन्ली एन्जल र नेपाली बोइज ग्रुपले पनि आकर्षक प्रस्तुति दिएका थिए ।

    त्यही अवसरमा वैदेशिक रोजगारीको क्रममा युएईमा रहेका दर्जनौं नेपाली कालाकारले आफ्ना सांस्कृतिक प्रस्तुति दिएका थिए ।

    उद्घाटन सत्रमा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव, राजदुत तेजबहादुर क्षेत्री र डा. रविन्द्र कुमार यादवले आफ्नो मन्तव्य राखेका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार