माछापालक किसान संघ नेपालको कर्णाली प्रदेश कमिटीको प्रथम सम्मेलन सम्पन्न भएको छ ।
यहि फागुन ७ गते सुर्खेत विरेन्द्रनगरमा भएको उक्त कार्यक्रम अखिल नेपाल किसान महासंघ कर्णाली प्रदेश कमिटीले आयोजना गरेको थियो ।
सम्पूर्ण माछापालक किसान एक जुट होऔं भन्ने मुल नाराका साथ सम्पन्न उक्त भेलामा सात सदस्यीय किमटी गठन भएको अध्यक्ष निरज माझी रहेका छन् । दैलेखका निरज माझीको नेतृत्वमा सदस्यहरु रेशम थापा, रुपेश घर्ती, दिपक थापा, सरस्वती आचार्य, ललिता शाही र इन्द्रा शर्मा सदस्य रहेका छन् । आवश्यकताअनुसार अझै सदस्यहरु बढाउँदै लगिने भएको छ ।
प्रोटिनको सर्वोत्तम एवं भरपर्दो श्रोत माछाको प्रयोग दैनिक रुपमा बढ्दो छ ।
माछा उपभोक्ताको माग बढ्दै जाँदा व्यवसायीहरु पनि मुलुकभर थपिदै गएको संघले जनाएको छ । तर, प्रविधि र सीपयुक्त माछापालक व्यवसायीहरु कम छन् । जसले अझै पनि भारत लगायत मुलुकबाट माछा आयात गरी रहनुपर्ने नेपालको बाध्यता छ ।
नेपालमै उपलब्ध ताल तलैया नदि तथा जलसाय युक्त जलविद्युत क्षेत्रमा माछा पालन गर्न सकिने भएपनि पूर्ण रुपमा सरकारले चासो दिएको देखिदैन ।
पछिल्लो समय माछापालक व्यवसायीहरु देशका विभिन्न स्थानबाट संगठित हुँदै आएका छन् । यस क्षेत्रका समस्याको पहिचान तथा समाधानका उपायाहरु खोज्ने उद्धेश्यले यहि माघ।।। गते कर्णालीमा माछापालक व्यसायीहरु भेला भएका थिए ।
सार्वजनिक जलाशयहरुमा भुमिहिन एवं विपन्न वर्गको पहुंच बढाई आयात प्रतिस्थापित गरि निर्यात प्रवर्धन गर्न एव आय आर्जनको अवसर प्रदान गर्न सकिने भएपनि राज्यको चासो अझै पुगेको देखिदैन ।
नेपालमा मत्स्य पालन गर्न सकिने प्रशस्त सम्भावना रहँदा रहँदै पनि मत्स्यपालनको त्यति विस्तार हुन सकेको छैन । कारण मत्स्यपालन प्रविधिबारे कृषकहरुलाई उचित ज्ञानको पँहुच नहुनु हो ।