images
images

संस्थापक शेयरधनीलाई शेयर अभौतिकीकरण गर्न सिटिजन लाइफको आग्रह

संस्थापक शेयरधनीलाई शेयर अभौतिकीकरण गर्न सिटिजन लाइफको आग्रह

शुक्रवार, असोज ५ २०८०
शुक्रवार, असोज ५ २०८०
  • images
    images
    संस्थापक शेयरधनीलाई शेयर अभौतिकीकरण गर्न सिटिजन लाइफको आग्रह
    images
    images

    काठमाडौँ / सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना संस्थापक शेयरधनीहरुलाई शेयर अभौतिकीकरण गर्न अनुरोध गरेको छ । कम्पनीले शुक्रवार एक सूचना प्रकाशित गर्दै शेयर अभौतिकीकरण गर्न संस्थापक शेयरधनीहरुलाई अनुरोध गरेको हो । 

    शेयर सिडिएस एण्ड क्लियरिङमा दर्ता तथा नेप्सेमा सूचीकरणको प्रक्रियामा रहेको कम्पनीले जनाएको छ । त्यसका लागि संस्थापक शेयरधनीहरुले आफ्नो शेयर अभौतिकीकरण गर्नुपर्ने कम्पनीले जनाएको छ । 

    भौतिक रुपमा जारी गरेको संस्थापक शेयर तथा सोको हकप्रद शेयर प्रमाणपत्रहरुका साथै आफ्नो हितग्राही खाता खोलेको प्रमाणको प्रतिलिपि सहितको कम्पनीको वेबसाइटमा उपलब्ध ‘अभौतिकीकरण गरिदिने फाराम’ भरी शेयर अभौतिकीकरण गर्न कम्पनीले अनुरोध गरेको छ । 

    यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय काठमाण्डौको थापाथलीस्थित एलएस कम्प्लेक्समा बुझाई आफ्नो संस्थापक शेयरलाई अभौतिकीकरण गर्न कम्पनीले आग्रह गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार