images
images

सुमेरु अस्पतालमा दुई परिवार बिच मृर्गौला साटासाट गरी सफलतापूर्वक प्रत्यारोपण

सुमेरु अस्पतालमा दुई परिवार बिच मृर्गौला साटासाट गरी सफलतापूर्वक प्रत्यारोपण

बुधवार, असोज १० २०८०
बुधवार, असोज १० २०८०
  • सुमेरु अस्पतालमा दुई परिवार बिच मृर्गौला साटासाट गरी सफलतापूर्वक प्रत्यारोपण
    images
    images

    काठमाडौ/ असोज हाल विश्वभर मृगौला प्रत्यारोपणमा देखिएको एउटा प्रमुख चुनौति नै दाताको अभाव हुनु हो । 


    मुलुकको मौजुदा कानुनले नजिकको नातेदारले मात्र मृगौला दान गर्न सक्ने व्यबस्था गरेकोले मृर्गौला दान गर्न इच्छुक आफन्त र मृगौला फेर्नुपर्ने अवस्थामा पुगेका बिरामी बिच मृगौला आदानप्रदान गर्न नमिल्ने (म्याच नगर्ने) समस्या देखिएको छ । 


    यस्तोमा थप सुविधाका लागि कानुनले मृर्गौला पिडीत दुई परिवारको बिच मृर्गौला आदानप्रदान गर्ने सहमति भएको खण्डमा सो समेत गर्न सकिने व्यबस्था र सुबिधा बारे धेरै बिरामी तथा परिवारजनलाई जानकारी नहुने र भएको खण्डमासमेत मिल्दो अवस्था सृजना नहुने देखिएको छ ।
     यो पृष्ठभूमिमा यस सुमेरु अस्पताल, धापाखेलमा, यहि आसोज ३ गते बुधवारका दिन दुई परिवार बिच मृर्गौला साटासाट गरी सफलतापुर्वक प्रत्यारोपण (PAIR TRANSPLANT) गरिएको छ । 


    यसबाट लाभान्वित बिरामी र परिवारजनलाई यस अस्पतालकोतर्फबाट बधाई ज्ञापन गरेको छ । यसरी यसप्रकार एकै पटक चारजना ब्यतिmको सल्यक्रिया गर्नु निकै चुनौतिपूर्ण कार्य भएको अस्पतालले जनाएको छ ।


    यसअघि आफू कार्यरत अस्पताल शहिद धर्मभतm राष्ट्रिय प्रत्यारोपण केन्द्रमा विभागीय प्रमुख रहेका बेला धेरै अनुभव लिएका ट्रान्सप्लान्ट सर्जन तथा बरिष्ट युरोलोजिष्ट डा. विजय मान सिंह कटवालको नेतृत्व र सिनियर सर्जन डा.डि.भि. कार्की, डा. किरण प्रसाद श्रेष्ठ, डा. जियाउल हक, नेफ्रोलोजिष्ट तथा ट्रान्सप्लान्ट फिजिसियन डा. ललित कुमार यादव र डा. सुमित आचार्य लगायत डा. महालक्ष्मी देउजा,डा.एजेलिया अमात्य र डा. कुमार श्रेष्ठ समेतकोे टिमले यो प्रत्यारोपण सम्पन्न गरेको हो । 


    यस्तो प्रत्यारोपण र अन्य धेरै जटिल प्रकृतिका शल्यक्रिया सफलतापुर्वक गर्न सफल डा. कटवालको सक्षम टिमको सेवा यो अस्पतालले प्राप्त गरेकोमा खुशी व्यक्त गरेको छ । 

    डा. कटवाल नेपालमा पहिलोपटक ल्याप्रसकोपिक -ठूलो चि।फार नगरी दुरबिनको प्रयोगबाट गरिने शल्यक्रिया) प्रबिधिबाट मृगौला प्रत्यारोपण गर्ने पहिलो नेपाली सर्जन हुन् । 


    डा. कटवालले बिगतमा क्यान्सर संक्रमित श्रीमतीको मृगौलाको क्यान्सर प्रभावित भाग काटेर बाँकी भाग श्रीमानको शरीरमा समेत सफलतापुर्वक प्रत्यारोपण गरेका छन् । 


    दुई बर्षअघि गरिएको त्यो शल्यक्रिया त्यस प्रकारको विश्वभर मैं भएको १०५ औँ शल्यक्रिया रहेको थियो । 
    शहिद धर्मभतm राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ९ बर्षसम्म युरोलोजी तथा मृर्गौला प्रत्यारोपण विभागमा सक्रियतापुर्वक सेवा प्रदान गरेका डा. कटवालको टिमसँग आठजना मृगौला ग्रहणकर्तालाई मष्तिस्क मृत्यु भएका ४ जनाको मृगौलासमेत सफलता प्रत्यारोपण गरेको अनुभव छ । 
    हालसम्म नेपालमा यसप्रकार मष्तिस्क मृत्यु भएका ६ जनाको मात्र मृर्गाैला प्रत्यारोपण भएकोमा ४ जनाको शल्यक्रिया डा. कटवालको नेतृत्वमा भएको थियो । 


    सुमेरु अस्पतालमा मृगौला प्रत्यारोपण निरन्तर हँुदै आएकोमा यो विशेष खालको SWAP PAIR EXCHANGE जस्तो कठिन शल्यक्रियालाई सफलता पुर्वक सम्पन्न गर्न सक्षम भएकोमा चिकित्सक टोलीहरुलाई वधाई ज्ञापनका साथै हामी समस्त सुमेरु अस्पताल, धापाखेल परिवार कृतज्ञता ब्यक्त गरेको छ ।
    सुमेरु अस्पताल धापाखेलमा १९ वटा मृगौला प्रत्यारोपण सफलतापुर्वक सम्पन्न भइसकेको छ ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार