images
images

इन्जिनियरिङ अध्ययनको नयाँ शुल्क तोकियो, प्रवेश परीक्षा कहिले ?

इन्जिनियरिङ अध्ययनको नयाँ शुल्क तोकियो, प्रवेश परीक्षा कहिले ?

आइतवार, असोज २१ २०८०
आइतवार, असोज २१ २०८०
  • इन्जिनियरिङ अध्ययनको नयाँ शुल्क तोकियो, प्रवेश परीक्षा कहिले ?
    images
    images

    काठमाडौँ / त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले सिभिल र आर्किटेक्चर इन्जिनियरिङको नयाँ शुल्क तोकेको छ। आईओईले नयाँ शुल्क ४ लाख ९० हजार रुपैयाँ कायम गरिएको जनाएको छ । 

    बढेको शुल्कअनुसार अब २ विषयको ४ वर्षे स्नातकको पूर्ण शुल्क चार लाख ९० हजार रुपैयाँ लाग्ने कार्यालयले जनाएको छ। यसअघिको पूर्ण शुल्क ३ लाख १८ हजार रुपैयाँ थियो।

    शुल्कको टुंगो लागेसँगै यी २ संकायका लागि स्नातक तहको प्रवेश परीक्षा कात्तिक १५ गते हुने तय भएको छ। यसअघि, आईओईले इन्जिनियरिङ अध्ययनको शुल्क बढाएर ७ लाख ७७ हजार ४२० रुपैयाँ पुर्‍याउने निर्णय गरेको थियो। उक्त शुल्कवृद्धिविरुद्ध विद्यार्थीहरु आन्दोलनमा उत्रिएका थिए। 

    शुल्क विवादकै कारण आईओईले भदौ १९ र असोज २२ गतेदेखि सञ्चालन गर्ने भनिएको प्रवेश परीक्षा २ पटक स्थगित गरेको थियो

    यस्तो छ डिन कार्यालयले सार्वजनिक गरेको सूचना

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार