images
images

आज विश्व हात धुने दिवस, यस्तो छ हात धुने उत्तम तरिका

आज विश्व हात धुने दिवस, यस्तो छ हात धुने उत्तम तरिका

आइतवार, असोज २८ २०८०
आइतवार, असोज २८ २०८०
  • आज विश्व हात धुने दिवस, यस्तो छ हात धुने उत्तम तरिका
    images
    images

    काठमाडौँ /आज विश्व हात धुने दिवस नेपालमा पनि विविधि कार्यक्रम गरी मनाइँदै छ। नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाइँदै आइएको छ।

    साबुनपानीले मिचीमिची हात धुने बानीले श्वासप्रश्वासजन्य एवं निमोनिया सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन र जीवाणुद्वारा लाग्ने रोगबाट पनि बच्न सकिने तथ्य विभिन्न अध्ययनहरूले देखाएका छन् ।

    चिकित्सकहरुका अनुसार शौचालय प्रयोग गरेपछि, बालबालिकाको दिसा धोएपछि, हात फोहर भएपछि, खाना बनाउनु, खाना खानु र खुवाउनु अगाडि, अनुहार, नाक, मुख, आँखा छोइसकेपछि, बाहिरबाट घर फर्किएपछि साबुनपानीले नियमित हात धुने बानी विकास गर्नुपर्दछ । साथै बालबालिकालाई घरमा नै साबुनपानीले हात धुने बानी बसाल्नुपर्दछ ।

    जीवाणु (ब्याक्टेरिया) र विषाणु (भाइरस) जन्य रोग लाग्नबाट रोक्ने र जीवन बचाउने सजिलो, प्रभावकारी र किफायती तरिका साबुनपानीले हात धुनु हो।

    साबुनपानीले हात धुँदा कीटाणुहरूबाट मुक्ति पाउनुका साथै आफूलाई र आफ्ना वरपरका मानिसलाई बिरामी हुनबाट जोगाउन सकिने बताइएको छ।

    यस्तो छ हात धुने उत्तम तरिका

    – भाइरसका सबै अवशेष नष्ट गर्न सामान्य धोइपखाली पर्याप्त हुँदैन । हात राम्ररी धुनुपर्छ ।

    – बगिरहेको पानीमा हात भिजाउने, भिजेको हातमा मनग्य साबुन लगाउने ।

    – हत्केलाको पछाडि, औँलाको बीच, नङभित्र गरी हातका सबै भागमा राम्रोसँग मिच्ने । 

    – त्यसपछि बगिरहेको पानीले राम्ररी हात पखाल्ने ।

    – सफा कपडा वा एकपटक मात्र प्रयोग गरिने तौलियाले हात सुकाउने ।

    कस्तो अवस्थामा धुने ?

    – नाक सफा गरेपछि, खोकेपछि वा हाच्छ्युँ गरेपछि ।

    – सार्वजनिक यातायात, बजार वा धार्मिक स्थलजस्ता सार्वजनिक स्थानमा गएर फर्केपछि ।

    – पैसा (नगद), रिचार्ज कार्डलगायत घरबाहिरका अन्य वस्तु छोएपछि ।

    – अस्वस्थ व्यक्तिको हेरचाह गर्नुभन्दा पहिला तथा गरिसकेपछि ।

    – खाना खानुभन्दा अघि र खाइसकेपछि ।

    – शौचालयको प्रयोग गरिसकेपछि ।

    – फोहोरमैला छोएपछि र हात फोहोर भएको अवस्थामा ।

    – घरपालुवा वा अन्य जनावरलाई छोएपछि ।

    – बालबालिकाको डाइपर फेरेपछि वा उनीहरूलाई शौच कार्य गराइसकेपछि । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार