images
images

शरीरको दीर्घकालिन दुखाईको उपचार के हुन सक्छ ? डा. रिजालसँगको कुराकानी

शरीरको दीर्घकालिन दुखाईको उपचार के हुन सक्छ ? डा. रिजालसँगको कुराकानी

काठमाडौँ पेन म्यानेजमेन्ट सेन्टरमा हड्डी खिइएको, नसा च्यापिएको, वाथ रोग, ढाड कम्मर, गर्धन, काँध, घुडा, जोर्नीहरू, खुट्टा तथा पैताला, टाउकोलगायतको दिर्घकालिन दुखाइको उपचार गरिन्छ ।

शुक्रवार, कार्तिक १७ २०८०
शुक्रवार, कार्तिक १७ २०८०
  • शरीरको दीर्घकालिन दुखाईको उपचार के हुन सक्छ ? डा. रिजालसँगको कुराकानी
    images
    images

    के तपाईँलाई दिर्घकालिन दुखाईको समस्या छ ? नसा च्यापिएको, हड्डी तथा मांशपेशीसम्बन्धी (ढाड कम्मर, गर्धन, काँध, घुडा, जोर्नीहरू, खुट्टा तथा पैताला दुखाई, फाइबर्माइल्जियासम्बन्धी) दुखाईको समस्या छ भने उपचार हुँदैन भनेर आत्तिनु पर्दैन । नेपालमा पहिलो पटक सञ्चालनमा आएको काठमाडौँ पेन म्यानेजमेन्ट सेन्टरमा यस्ता दिर्घकालिन दुखाईहरूको सहजै उपचार हुन्छ । 

    उपचारपछि तपाईँ आफ्नो दैनिकी सहज बनाउन सक्नुहुन्छ । पाँच बर्षदेखि सञ्चालित पेन म्यानेजमेन्ट सेन्टरले इन्टरभेन्सनल पेनलाई जोड दिएर उपचार गर्दै आएको छ । नेपालका ठुला र महँगा अस्पतालहरूमा पनि सम्भव नभएको उपचार यस क्लिनकले सरल र सुलभ तरिकारले गर्दै आएको छ । पाँच बर्षदेखि सञ्चालित यस क्लिनकमा दुखाईसम्बन्धी दक्षता हासिल गरेका फिसियनहरूद्वारा बिना अप्रेसन दीर्घकालिन दुखाई (क्रोनिक पेन)को उपचार गरिन्छ । 

    तीन महिनाभन्दा बढीको दुखाईलाई क्रोनिक पेन अन्तर्गत वर्गीकरण गरिन्छ । त्यस्ता बिरामीहरूलाई पेन क्लिनिकमा पेन स्पेशलिस्ट डक्टरहरूले उपचार गर्ने प्रविधि काठमाडौँ पेन म्यानेजमेन्ट सेन्टरमा रहेको छ । यहाँ  आफ्नो दक्षता हासिल गरेका चिकित्सकले बिना अप्रेसन दुखाईको उपचार गर्नेछन् ।

    पेन म्यानेजमेन्ट नेपालका लागि नयाँ अवधारणा हो । चिकित्साशास्त्र अन्तर्गत अरु विधाजस्तै यो पनि एक विशष्टि विधा हो । जसले दुखाइमा बाँचेका बिरामीहरूको समस्या निदान गरी क्रोनिक पेन भएका बिरामीहरूको जीवन गुणस्तर बनाउने काम गर्छ ।

    पेन म्यानेजमेन्टले विरामीलाई भर्ना गरेर राख्दैन । बिरामी बिहान आउछन् र उपचार प्रक्रियापछि तुरुन्त घर फर्किन सक्छन् वा काममा फर्किन सक्छन् । दुखाइको कारण र उपचार पद्धतिबारे अर्थ डबलीले काठमाडौँ पेन म्यानेजमेन्ट सेन्टरका कन्सन्टेन्ट पेन फिजिसियन डा. हरि रिजालसँग गरेको कुराकानीको सम्पादित अंश यस्तो छः 

    किन दुख्छ ? 

    दुखाई विभिन्न कारणले हुन्छ । विशेषगरी नसा च्यापिएर/टाँसिएर हुने गर्दछ । मांशपेशीका कारण पनि हुन्छ । हड्डी खिइने, ढाडको डिस्कहरू चिप्लिएर नसा च्याप्दा ढाडसम्बन्धी दुखाइ हुन्छ । क्यान्सरको स्टेज बढ्दै जाँदा क्यान्सरसम्बन्धी दुखाइ हुने गर्छ । कसले कुन के काम गर्नुहुन्छ, त्यो अनुसार दुखाइ हुन्छ । जस्तै : बैङ्कमा काम गर्ने, उभिएर काम गर्ने पेसा, धुम्रपान गर्ने, भारी वस्तुहरू उठाउने काम गर्ने व्यक्तिहरूमा ढाडको नसा च्यापिने, मांशपेशी दुख्ने जस्ता समस्या हुन्छ ।  

    दुखाइ सहनै नसक्दा के हुन्छ ? 

    मांशपेशीसम्बन्धी अझ नसा च्यापिएका कारण हुने दुखाइ सहनै नसकिने खालको हुन्छ । हड्डी खिइदा पनि दुख्छ । समयमा उपचार नगरे/नगराएमा दुखाई क्रमशः बढ्दै जान्छ र असह्य हुन्छ । अन्तमा यसले मानसिक समस्यासमेत ल्याउँछ । क्रोनिक पेनमा बेहोस नै हुने खालको दुखाईचाहिँ हुँदैन । मान्छेको जिउँले फिजियोलोजिकल स्टाटस मेन्टन गरेको हुन्छ । तर दुखाइका कारण दैनिक गतिविधि, काम, जीवनशैली, सोच्ने क्षमता, अध्ययन अनुसन्धानमा लगाउने समय तथा परिवारलाई दिने समय प्रभावित हुन्छ ।  जटिल दुखाइ ढाडको नसा च्यापिएर अप्रेसनपछि पनि दुखाइ भयो भने त्यो सबैभन्दा जटिल दुखाइ हो । 

    Hari rijal1.jpg

    पेन म्यानेजमेन्ट सेन्टरमा कस्ता बिरामीको उपचार हुन्छ ? 

    ५ बर्षको अन्तर्रालमा यस क्लिनिकमा  विशेषगरी ३० प्रतिशत बिरामीहरू नसासम्बन्धी आउँछन् । ट्राइजेमिनल न्युरेल्जिया भन्छ जस्तैः अनुहारको दुखाई हुन्छ । अक्सिविटल न्युरेल्जिया (टाउकोको पछाडि भागको दुखाइ) जनै खटिरापछिको दुखाइ र कम्प्लिक्स सिरिजनल पेन सिन्ड्रमहरू, पेरिफेरल न्युरोप्याथी जस्ता नसासम्बन्धी दुखाइहरू यसमा पर्छन् ।

    ५० प्रतिशतजति बिरामीहरू हड्डी तथा मांशपेशीसम्बन्धी दुखाईहरू (ढाड कम्मर, गर्धन, काँध, घुडा, जोर्नीहरू, खुट्टा तथा पैताला दुखाई, मांशपेशीहरूसम्बन्धी दुखाई, फाइबर्माइल्जियासम्बन्धी) दुखाइका बिरामीहरू आउँछन् । दिनानुदिन क्यान्सरका बिरामीहरू बढिरहेका छन् । करिब १५ प्रतिशत क्यान्सरसम्बन्धी बिरामीहरू यस्ता क्लिनिकमा आको पाइन्छ । ५ प्रतिशत बिरामीहरू टाउको दुखाइसम्बन्धी (हेडेक, माइग्रेन, पेरिफरल भास्कुल डिजिजसम्बन्धी)का आउँछन् । 

    दुखाइको उपचार कसरी गरिन्छ ?

    पेन क्लिनिकमा गर्ने उपचार गर्ने पद्धतिहरू सामान्यतयाः अन्य हस्पिटल वा केन्द्रहरूमा भन्दा फरक, आधुनिक र प्रभावकारी पनि हुन्छ । यहाँ नेपालका लागि विशेषगरी नयाँ प्रविधि नै छ । जस्तैः नसा च्यापिएको बिरामीहरूको लागि नर ब्लकहरू हुन्छ । नर भ्याडुडिसेक्सनहरू हुन्छ । न्युरोलाइटिक प्लगहरू हुन्छ । हड्डी तथा मांशपेशीका बिरामीका लागि नयाँ प्लेटलिटरिज प्लाज्मा भन्छौँ । जुन आफ्नै रगत निकालेर एउटा मेसिनले पिआरपी तयार पार्छ । यसले हड्डी खिइएको ठाउँमा र टेन्डन्सहरू अथवा प्लान्टर फसाइटिसहरू, टेनिसल यस्तो कन्डिसनमा लगाउने गर्दछौँ । 

    डिस्क चिप्लिएर नसा च्यापिएको अवस्थामा ओजन थेरापी गछौँ । यसले चिप्लिएको डिस्क (भाग)लाई सुकाइदिन्छ । त्यहाँबाट नसाको समस्या दबाव हटिसकेपछि समस्या पूर्णरूपमा निको हुन्छ । यस्तै, अन्य प्रविधिहरूमा रेडिया फ्रिक्वेन्सी एविलेसनहरू पनि हुन्छ । जहाँ नसालाई तातो बनाएर नदुखाउने गरिन्छ । अरुमा डेस्प्रोज प्रोलोथेरापी भन्ने हुन्छ । यो मांशपेशीको दुखाइमा युज गर्छौँ । अरु केटामिन्इन्फ्युजन र बटरफिन्जेक्सनहरू पनि यहाँ प्रयोग गर्छौ । यी प्रकियाहरू वा हामीले दिएको औषधिहरू लक्षित ठाउँमा पुगोस् भनेर यी प्रकियाहरू अन्ट्रासाउन्ड र सिएमको मार्गदर्शनमा गर्ने गर्छौँ । 

    अप्रेसन नगरी कसरी निको हुन्छ ? 

    औषधि सेवन गरेर, थेरापी गर्दा पनि ठिक नभएको अवस्थामा, जटिलताको कारण अप्रेसनमा पनि जान इच्छुक नभएको अवस्थामा त्यस्ता विरामीहरूलाई ओजन थेरापी गरिन्छ । ओजन थेरापी भनेको अप्रेसन थियटरमा लगेर सिएम मेसिनले ठाउँ पत्ता लगाई सानो सुई घुसाएर ओजन ग्यास दिने गर्छौँ । ओजन ग्यासले चिप्लेको डिसलाई सुकाउने काम गर्छ र नसाको दबाव हटाउँछ । मान्छे दैनिक जीवनमा खुशीका साथ फर्किन सक्छ । ओजन थेरापी कम खर्चमा हुन्छ र दुखाई पनि कम हुन्छ । यो विधि प्रभावकारी पनि छ । हाम्रा समाजमा पनि नसा च्यापिएका बिरामीहरू धेरै हुनुहुन्छ । यो जोसुकैले पनि सहजै उपचार गराउन सकिने प्रविधि हो । 

    1hari rijal.jpg

    पेन किलर खाएर वा मालिस गरेर निको हुन्छ ? 

    धेरै मानिसहरू दुखेपछि पेनकिलर खाएर बस्छन् तर, यो स्वास्थ्यका लागि राम्रो हैन । यसले धेरै नकारात्मक असर पनि गर्छ । यसले किड्नी, मुटुलगायतका महत्त्वपूर्ण अङ्गमा असर पुर्याउँदछ । त्यसैले यो त्यति उपयुक्त हुँदैन । मालिस गर्नु त्यति नराम्रो हैन तर यसले कस्तो रिजल्ट दिन्छ भन्ने कुरा हो । यसले केही समय आराम दिए पनि दिर्घकालिन समस्या हैन । 

    जाडोमा किन धेरै दुख्छ ? 

    मांशपेशीसम्बन्धी दुखाइले समस्याले जाडो महिनामा धेरै पीडा दिन्छ । जाडो महिनामा मासु कक्रक्क पर्ने हुन्छ । यसले दुखाइलाई प्रोत्साहन गर्छ । त्यसैले जाडो महिनामा विशेष ख्याल गर्नुपर्छ ।

    दिर्घकालिन दुखाई लिएर बस्नुभन्दा समयमै रोगको पहिचान गरी उचित परामर्श र उपचार गरियो भने राहत महसुस गर्नुहुनेछ । यसका लागि पेन क्लिनिकहरूमा दुखाइ विशेषज्ञहरूसँग परामर्श लिन आग्रह छ । तीन महिनाभन्दा बढी दुख्यो भने दिर्घकालिन दुखाई भएका मानिसहरू पेन विशेषज्ञहरूसँग जानु राम्रो हुन्छ । धेरै दुखेपछि मानिस डक्टरककहाँ वा अर्थोपेडिककहाँ जान्छन् । उहाँहरूले पेनकिलर दिनुहुन्छ र थेरापी गर्नु भन्नुहुन्छ । यसले केही समयका लागि मात्रै राहत दिन्छ । दिर्घकालिन रूपमा निको नहुनसक्छ ।

    Dr. Hari rijal.jpgकाठमाडौँ पेन म्यानेजमेन्ट सेन्टर क्रोनिक पेनको उपचारका लागि पाँच बर्षअघि स्थापना भएको क्लिनिक हो । यहाँ दक्ष पेन फिजिसियनद्वारा हड्डी मांशपेशीसम्बन्धी दुखाईहरू ढाड कम्मर, गर्धन, काँध, घुडा, जोर्नीहरू, खुट्टा तथा पैताला दुखाई, फाइबर्माइल्जियासम्बन्धी) दुखाइ, टाउको दुखाइ र क्यान्सरको दुखाईको उपचार गरिन्छ । क्रोनिक पेनको उपचार हुने यो नेपालकै पहिलो क्लिनिक हो । यहाँ निम्न वर्गका परिवारले पनि कम शुल्कमै उपचार गराउन सक्छन् ।

    क्रोनिक पेनको उपचारको लागि ठुला हस्पिटलहरूमा नभएको सुविधासमेत पेन म्यानेजमेन्ट सेन्टरमा उपलब्ध छ । यहाँ आधुनिक प्रक्रियाहरूबाट नसासम्बन्धी दुखाइहरूका लागि नसा ब्लकदेखि लिएर ओजन थेरापी, प्लेक्ट्रिक प्लाज्माहरू आदि गरिन्छ । अल्ट्रा साउन्ड र सिएम भन्ने गाइडेन्सबाट औषधि दिइन्छ ताकि लक्षित ठाउँसम्म पुगोस् । यसले बिरामीहरूलाई तुरुन्तै राहत दिन्छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार