काठमाडौँ / जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको हो । भूकम्पको धक्का देशका धेरैजसो भूभागमा सहसुस गरिएको छ । भूकम्पको कारण घरहरू चर्किएको तस्बिरहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक भइरहेका छन् । यद्यपि, क्षतिको विवरण भने आइसकेको छैन ।
