images
images

सुनकोशी मरिन डाइभर्सन योजना : विपी राजमार्ग डुवानमा पर्ने, स्थानान्तरणका लागि वन क्षेत्र माग

सुनकोशी मरिन डाइभर्सन योजना : विपी राजमार्ग डुवानमा पर्ने, स्थानान्तरणका लागि वन क्षेत्र माग

बिहिवार, मंसिर १४ २०८०
बिहिवार, मंसिर १४ २०८०
  • images
    images
    सुनकोशी मरिन डाइभर्सन योजना : विपी राजमार्ग डुवानमा पर्ने, स्थानान्तरणका लागि वन क्षेत्र माग
    images
    images

    काठमाडौँ / सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्य योजनाको पूरक वातावरणीय अध्ययन आवश्यक भएको बताइएको छ । सर्ज ट्याङ्क र टेलरेसको स्थान प्राविधिक कारणले स्थानान्तरण गर्न लागिएको हुनाले र आयोजनाको क्षमता २८.६२ मेगावाटबाट ३१.०७ मेगावाटमा वृद्धि गर्न लागिएको हुनाले पूरक वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रस्ताव गरिएको हो ।

    images
    images

    आयोजनाको प्रतिवेदन अनुसार निर्माण पश्चात विपी राजमार्गको खण्ड डुवान क्षेत्रमा पर्ने भएकोले सोही सडक खण्ड स्थानान्तरण गर्न आवश्यक रहेको छ। साथै, आयोजनाको संरचना निर्माण हुने स्थलमा पहुँचको लागि पहुँच सडक निर्माण गर्न लागिएको छ। 

    आयोजनाले विपी राजमार्गको डुवान हुने खण्ड निर्माण गर्नका लागि तथा उत्खनन क्षेत्र सञ्चालनका लागि थप १४.०९ हेक्टर (०.३८ हेक्टर सामुदायिक वन र १३–७१ हेक्टर राष्ट्रिय वन) वन क्षेत्र माग गरेको छ । 

    प्रस्तावित आयोजना लक्षित समयभित्र निर्माण कार्य पूरा गर्न १९ लाख ९० हजार ८ सय मानव दिन कामदार निर्माण अवधिभर आवश्यक रहेको बताइएको छ । 

    प्रस्तावित आयोजना निर्माण कार्य ५ बर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । जसअन्तर्गत अहिले हेडरेस टनेल निर्माणको ठेक्का सम्झौता भइ सो कार्य अगाडि बढेको र कमलामाई नगरपालिका वडा नं. ३ कुसुमटारबाट टनेल निर्माण कार्य सुरु भइसकेको छ ।

    असार मसान्तसम्म ७ हजार ५ सय मिटर सुरुङ्ग खन्ने काम सम्पन्न भएको आयोजनाले जनाएको छ । प्रस्तावित आयोजनाको लागत ४६ अर्ब १९ करोड ३९ लाख ६५ हजार रहेको छ । जसबाट ३१-७ मेगावाट जलविद्युत उत्पादन हुनेछ । 

    जलविद्युत उत्पादनसम्बन्धी कार्यलाई बहुउद्देश्य आयोजनाको सह-उत्पादनको रूपमा लिइएको छ भने आयोजनाको मुख्य उद्देश्य बागमती सिँचाइ आयोजनामा पानी थप गरी १ लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ पुर्याउनु रहेको छ ।

    सरकारले कुसुमटार र पञ्चकन्या सामुदायिक वनको ०.७७ हेक्टर जग्गा र ९२ ओटा रुख कटानको लागि सम्झौता गरेको थियो भने क्षतिपूर्ति बापत ५२ लाख ४५ हजार २५७ रुपैयाँ वन विकास कोषमा जग्गामा गरेको छ । 

    हालसम्म केके भए ?

    सेलेघाटमा लिफ्ट सिँचाइ कार्य, ठेक्का पहिले नै प्रदान गरिएको र काम सुरु भएको छ ।

    खाल्टेटार, भुमिटार, सानिटार, सित्तलपाटी र सम्भाव्यता अध्ययन भैरहेको छ भने पुच्छीघाट लिफ्ट सिँचाइ आयोजनाको काम भइरहेको छ ।

    जलेवामा माटोको संरक्षण कार्य, पानी आपूर्ति कार्य गरिएको छ।

    जग्गा अधिग्रहणको मुआब्जा लगभग वाँडफाँट भइसकेको छ।

    वन विकासमा ५२ लाख ४५ हजार २५७ रुपैयाँ बराबरको रकम निक्षेप जम्मा गरिएको छ ।

    कुसुमटारमा खानेपानी आयोजना निर्माणको क्रममा रहेको छ।

    भारी सवारी अपरेटर, कम्प्युटर, सिलाई कटाई सम्बन्धि तालिम प्रदान गरिएको छ।

    निर्माण सँगसँगै हुने पेशागत स्वास्थ्य तथा सुरक्षाका उपायहरू, धूलो नियन्त्रणको लागि पानी छर्कने कार्य भइरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार