images
images

बाग्लुङमा नेपाल नेत्रज्योति संघको निःशुल्क आँखा शिबिर, करिब ९ सय जना लाभान्वित

बाग्लुङमा नेपाल नेत्रज्योति संघको निःशुल्क आँखा शिबिर, करिब ९ सय जना लाभान्वित

सोमवार, पुस ९ २०८०
सोमवार, पुस ९ २०८०
  • बाग्लुङमा नेपाल नेत्रज्योति संघको निःशुल्क आँखा शिबिर, करिब ९ सय जना लाभान्वित
    images
    images

    बाग्लुङ / नेपाल नेत्रज्योति संघ धौलागिरी आँखा अस्पतालद्धारा संचालन गरिएको निःशुल्क आँखा शिबिर मार्फत ८सय ८६ जना सेवाग्राही लाभान्वित भएका छन् । अस्पतालले पुस ५ गतेदेखि ७ गतेसम्म जिल्लाको गल्कोट नगरपालिका र बडीगाड गाँउपालिकामा सञ्चालन गरेको शिबिर मार्फत ८८६ जनाको आँखा परिक्षण गरिएको थियो । 

    अस्पताल व्यबस्थापक बिनम लामिछानेका अनुसार ८८६ जनाको आँखा परिक्षण गरि मोतियाबिन्दु देखिएका मध्य २४ जनाको तत्काल शल्यक्रिया गर्नुपर्ने देखिएको छ भने ३७५ जना बिद्यार्थीहरुको आँखा जाँच गर्दा २४ जना बिद्यार्थीहरुमा दृष्टिदोषको समस्या देखिएको छ । 

    आई केयर फाउन्डेशनको सहयोगमा आयोजना गरिएको उक्त शिबिरमा जाँच गर्दा आँखामा समस्या देखिएका २५५ जनालाई निःशुल्क चस्मा वितरण गरिएको र मोतियाबिन्दु देखिएका २४ जना बिरामीहरुको समेत निशुल्क रूपमा शल्यक्रिया गरिनेछ । आर्थिक अभावमा कोहि पनि नागरिकहरू आँखा उपचारबाट बन्चित नहुन् भनेर अस्पतालले विभिन्न निकायहरूसँगको साझेदारीमा बार्षिक रुपमा निःशुल्क शिबिरहरुको आयोजना गर्ने गर्दछ ।  

    वि।स २०३५ सालमा नेपालमा आँखा उपचार सेवाको विकास र विस्तारको लक्ष्य सहित एक गैर नाफामुलक संस्थाका रुपमा स्थापना भएको संघ अन्तरगत हाल देशभरमा २७ वटा आँखा अस्पताल, १५४ आँखा उपचार केन्द्र तथा ४४ जिल्ला शाखाहरू सञ्चालनमा छन् । संघ अन्तरगतका आँखा अस्पताल, आँखा उपचार केन्द्रमार्फत बार्षिक ३० लाख बिरामीको आँखा जाँच हुने गर्दछ ।

    स्थापनादेखि सन् २०२२ सम्ममा संघको नेटवर्क मार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कुल ४ करोड २ लाख ८६ हजार ५ जना आँखाका बिरामीहरूलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ भने ४८ लाख ६७ हजार ७७४ जनाको आँखाको शल्यक्रिया भइसकेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार