माघेसङ्क्रान्ति नजिकिँदै गर्दा तरुलको विक्री बढेको छ । यो तस्वीर हेटौँडा उपमहानगरपालिका–४ स्थित खोपेगल्ली तरकारी बजारमा विभिन्न जातका तरुल किन्दै गरेको तस्वीर हो । यसवर्ष तरुलको मूल्य १०० देखि १५० सम्ममा बिक्री भइरहेको छ ।
माघेसंक्रान्ति नजिकिँदै गर्दा दाङको घोराही बजारमा पनि ग्रहकहरु बढ्न थालेको छ । विशेषगरी माघेसंक्रान्तिको दिन तरूल खाने प्रचलन छ ।
यस्तैगरी दमक चोकमा पनि तरल विक्री गर्ने ब्यापारी तथा ग्राहकहरुको भिड देख्न सकिन्छ ।
तस्बिरः यज्ञराज आङदेम्बे / मणिराज गौतम / सुशीला ओली/ रासस