images
images

यस बर्ष एसईई परीक्षा चैत १५ गतेदेखि, ४ लाख ८९ हजार परीक्षार्थी (तालिकासहित)

यस बर्ष एसईई परीक्षा चैत १५ गतेदेखि, ४ लाख ८९ हजार परीक्षार्थी (तालिकासहित)

सोमवार, माघ ८ २०८०
सोमवार, माघ ८ २०८०
  • यस बर्ष एसईई परीक्षा चैत १५ गतेदेखि, ४ लाख ८९ हजार परीक्षार्थी (तालिकासहित)
    images
    images

    काठमाडौँ / यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १५ गते बिहीबारदेखि हुने भएको छ । 

    आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेसंगै, आज सोमबार नियमित र ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको हो ।

    बोर्डको अनुसार परीक्षा चैत २७ गतेसम्म सञ्चालन हुनेछ । परीक्षामा ४ लाख ८९ हजार परीक्षार्थीले सहभागी हुन आवेदन दिएका छन् ।

    पहिलो दिन अनिवार्य अंग्रेजी, दोस्रो दिन नेपाली, चौथो दिन गणित र छैटौं दिन विज्ञान विषयको परीक्षा सञ्चालन हुने कार्यालयले जनाएको छ ।

    यसपटक एसईईमा सहभागी हुने विद्यार्थीले नयाँ पाठ्यक्रमको आधारमा पठनपाठन गरिरहेका छन् । यसै वर्षदेखि नयाँ ग्रेडिङ प्रणाली लागू हुँदैछ । जसमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक ल्याउने विद्यार्थी नन्ग्रेडिङ (एनजी) मा पर्नेछन् ।

    दुई विषयसम्म एनजी आउने विद्यार्थीले ग्रेडिवृद्धि परीक्षा दिन पाउनेछन् । दुईभन्दा बढी एनजी आए अर्को वर्ष ती विषयको परीक्षा दिनुपर्नेछ । कक्षा १२ मा गत दुई वर्षदेखि नै उक्त प्रणालीअनुसार नतिजा सार्वजनिक हुँदै आएको छ ।

    यसअघि सैद्धान्तिक र प्रयोगात्मकको अंक जोडेर विद्यार्थीलाई न्यूनतम ३५ प्रतिशत अंक नल्याए विद्यार्थीले ग्रेड प्राप्त गर्ने व्यवस्था थियो । २०७६ देखि विद्यालय तह कक्षा १–१२ मा नयाँ पाठ्यक्रम लागू भएसँगै मूल्यांकनमा पनि पाठ्यक्रम विकास केन्द्रले नयाँ ग्रेडिङ प्रणाली लागू गरेको हो ।

    यस्तो छ बार्डले सार्वजनिक गरेको परीक्षा तालिका

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार