images
images

महिला शिक्षकका लागि ‘शिक्षण सिकाइमा सूचना प्रबिधिको प्रयोग बिषयमा’ एकदिने अभिमुखिकरण

महिला शिक्षकका लागि ‘शिक्षण सिकाइमा सूचना प्रबिधिको प्रयोग बिषयमा’ एकदिने अभिमुखिकरण

आइतवार, माघ १४ २०८०
आइतवार, माघ १४ २०८०
  • महिला शिक्षकका लागि ‘शिक्षण सिकाइमा सूचना प्रबिधिको प्रयोग बिषयमा’ एकदिने अभिमुखिकरण
    images
    images

    दाङ / नेपाल शिक्षक संघ महिला बिभाग दाङको आयोजनामा महिला शिक्षकका लागि ‘शिक्षण सिकाइमा सूचना प्रबिधिको प्रयोग बिषयमा’ एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । 

    नेपाल शिक्षक संघ महिला बिभाग दाङका सचिव लक्ष्मी न्यौपानेको सभापति  नेपाल शिक्षक संघ लुम्बिनी प्रदेशका सस्थापक अध्यक्ष एवम् नेपाली काग्रेस दाङका सचिव अर्जुनकुमार योगीको प्रमुख आतिथ्तामा कार्यक्रम भएको थियो ।

    तालिम उद्घाटन समारोहमा नेपाल शिक्षक संघ संघीय कार्यसमितिका पुर्व वरिष्ठ उपाध्यक्ष गोबिन्दप्रसाद न्यौपाने, नि वर्तमान उपाध्यक्ष अमर बहादुर खड्का, महिला बिभाग लुम्बिनी प्रदेश संयोजक सीता गौतम , नेपाल शिक्षक संघ दाङ अध्यक्ष प्रकाश डाँगी,  नेपाल शिक्षक महासंघ दाङ अध्यक्ष युवराज बस्नेत, नेपाल शिक्षक संघ लुम्बिनी सदस्य लेबेन्द्र के.सी.,  शान्ती सुवेदी लगायतको शुभकामना ब्यक्त गरेका थिए ।

    नेपाल शिक्षक संघ इतिहास, यसको बर्तमान नेतृत्व र यसको पहलमा शिक्षकले प्राप्त गरेका उपलब्धी बिसयमा अर्जुनकुमार योगी, शिक्षण सिकाइमा सुचना प्रविधिको प्रयोग, पाठ्यक्रम बिकास केन्द्रको आधिकारिक धभद कष्तभ  चलाउन आवश्यक पर्ने ज्ञान, बिशिस्टिकरण तालिकाको प्रयोग आदि बिषयमा शिक्षा महाशाखा तुलसीपुरका अधिकृत मनबहादुर खड्का र नेपाल शिक्षक संघ भित्र महिलाको अवस्था बिषयमा लक्ष्मी न्यौपानेले सहजीकरण गरेका थिए ।

     नेपाल शिक्षक संघ दाङ महिला बिभाग दाङ सदस्य बिमला उप्रेतीको शुभकामना मन्तव्य, एवम् सहसचिव अर्थ देवकुमारी चौधरीले धन्यवाद दिनुभएको थियो भने उक्त कार्यक्रमको सञ्चालन महिला बिभाग सदस्य सीता शर्माले गरेकी थिइन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार