images
images

काठमाडौँ विश्वकै सबैभन्दा बढी प्रदुषित सहर, लाहोर दोस्रो र नयाँ दिल्ली तेस्रो स्थानमा

काठमाडौँ विश्वकै सबैभन्दा बढी प्रदुषित सहर, लाहोर दोस्रो र नयाँ दिल्ली तेस्रो स्थानमा

शुक्रवार, बैशाख १४ २०८१
शुक्रवार, बैशाख १४ २०८१
  • images
    images
    काठमाडौँ विश्वकै सबैभन्दा बढी प्रदुषित सहर, लाहोर दोस्रो र नयाँ दिल्ली तेस्रो स्थानमा
    images
    images

    काठमाडौँ / काठमाडौँ विश्वकै सबैभन्दा बढी प्रदूषित सहर बनेको छ। काठमाडौँ उपत्यकामा वायु प्रदुषणको दर उच्च तहमा पुगेपछि काठमाडौँ सबैभन्दा बढी प्रदुषित सहर बनेको हो ।

    वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरका अनुसार अहिले काठमाडौँको प्रदूषणको दर १९४ मापन गरिएको छ। जसलाई मानव स्वास्थ्यका हिसाबले अस्वस्थकर मानिन्छ। विश्वकै सबैभन्दा धेरै प्रदूषित सहरको दोस्रो स्थानमा पाकिस्तानको लाहोर रहेको छ भने नयाँ दिल्ली तेस्रो स्थानमा छ ।

    लाहोरको प्रदूषण तह १८५ र नयाँदिल्लीमा प्रदूषणको तह १७५ रहेको आइक्यू एयरले उल्लेख गरेको छ । ठुलो बर्षा नभएसम्म काठमाडौँको प्रदुषण नघट्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार