images
images

अमेरिका–युक्रेन सुरक्षा सम्झौता केवल ’कागजको टुक्रा’ रहेको रुसको दाबी

अमेरिका–युक्रेन सुरक्षा सम्झौता केवल ’कागजको टुक्रा’ रहेको रुसको दाबी

शुक्रवार, जेठ ३२ २०८१
शुक्रवार, जेठ ३२ २०८१
  • images
    images
    अमेरिका–युक्रेन सुरक्षा सम्झौता केवल ’कागजको टुक्रा’ रहेको रुसको दाबी
    images
    images

    रुसी विदेश मन्त्रालयका प्रवक्ताले शुक्रबार जी–७  शिखर सम्मेलनमा घोषणा गरिएको अमेरिका–युक्रेन सुरक्षा सम्झौतालाई ’केवल कागजको टुक्रा’ रहेको बताएकी छन् । 

    “यी सम्झौताहरूको कानुनी कार्यान्वयन छैन र यो केवल एक कागजको टुक्रा मात्र हो“, रूसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले बताइन् । 

    युक्रेनले बिहीबार अमेरिका र जापानसँग सुरक्षा सम्झौताहरूमा हस्ताक्षर गरेको थियो  जुन बेलायत र फ्रान्सलगायत यसका पश्चिमी सहयोगीहरूसँग गरिएको सम्झौताको पछिल्लो श्रृङ्खला हो । 

    सम्झौतामा रुसी सैन्य आक्रमण विरुद्ध युक्रेनलाई लामो समयसम्म सैन्य र आर्थिक सहयोग जारी राख्ने प्रतिवद्धता समावेश रहेको छ । 

    जाखारोभाका अनुसार सम्झौताको मुख्य उद्देश्य “युक्रेनमा रहेका नागरिकहरूलाई विश्व समुदाय अझै पनि उनीहरूको साथमा छ भन्ने देखाउनु मात्र हो। वास्तवमा, यी सबै देश युक्रेनको भविष्यका लागि कानुनी जिम्मेवारीबाट टाढा रहन्छन्“, उनले भनिन् । 


    युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वासिङ्टनसँग हस्ताक्षर गरिएको १० वर्षे सम्झौता आफ्नो देशका लागि नेटो सदस्यता प्राप्त गर्ने पुल भएको बिहीबार बताएका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार