काठमाडौँ / साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले घटेको हो ।
बिहीबार प्रतितोला १ लाख ५१ हजार ९ सय रुपैयाँ रहेको थियो । उक्त मूल्य घटेर आज शुक्रबार १ लाख ५१ हजार ४ सय रुपैयाँमा झरेको हो ।
यता, चाँदीको भाउसमेत घटेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ८ सय ३० रुपैयाँ पर्ने चाँदीलाई आज १ हजार ८ सय १५ रुपैयाँ मात्रै पर्नेछ ।