काठमाडौँ / साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदीको मूल्य बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले बढेको हो । यसअघि प्रतितोला १ लाख ५१ हजार ४ सय रुपैयाँ रहेको सुनको भाउ आज बढेर १ लाख ५२ हजार ४ सय रुपैयाँ पुगेको छ ।
यता, चाँदीको मूल्यमा पनि उच्च बृद्धि भएको महासङ्घले जनाएको छ । गत शुक्रबारको तुलनामा आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर १ हजार ८ सय ५० रुपैयाँ पुगेको छ । यसअघि चाँदी प्रतितोला १ हजार ८ सय १५ रुपैयाँ रहेको थियो ।