काठमाडौँ / साताको दोस्रो दिन सोमबार पनि सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले घटेको हो ।
आइतबार प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँ रहेको छापावाल सुन सोमबार घटेर १ लाख ५२ हजार रुपैयाँमा झरेको छ ।
त्यस्तै, चाँदी प्रतितोला २० रुपैयाँले घटेको छ । आइतबार प्रतितोला १ हजार ७ सय ९५ रुपैयाँ रहेको चाँदीलाई सोमबार १ हजार ७ सय ७५ रुपैयाँ मात्रै पर्नेछ ।