images
images

अनेसास बोस्टन च्याप्टर युएसएले नेपाली कलाकारहरूलाई सम्मान कार्यक्रम गर्ने

अनेसास बोस्टन च्याप्टर युएसएले नेपाली कलाकारहरूलाई सम्मान कार्यक्रम गर्ने

बुधवार, भदौ २६ २०८१
बुधवार, भदौ २६ २०८१
  • images
    images
    अनेसास बोस्टन च्याप्टर युएसएले नेपाली कलाकारहरूलाई सम्मान कार्यक्रम गर्ने
    images
    images

    बोस्टन / अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोस्टन च्याप्टरले बिशिष्ट तथा चर्चित नेपाली कलाकारहरूलाई स्वागत सम्मान गर्ने भएको छ।

    images
    images

    च्याप्टरले यही आउँदो सेप्टेम्बर १८ तारिख बुधबारको दिन साँझ ५ बजे नेपाली चलचित्र क्षेत्रमा आबद्ध भएर लामो समयदेखि नेपाली कला साहित्य भाषा र संस्कृतिको उत्थानमा लागेका विशिष्ट तथा चर्चित कलाकारलाई सम्मान गर्न लागेको हो । 

     उक्त कार्यक्रम बोस्टनस्थित पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङ्गल्याण्ड (प्याब्फोन)को सामुदायिक भवनमा हुने बताइएको छ । 

    अभिनेता नेपाल चलचित्र कलाकार संघका पूर्व अध्यक्ष तथा सल्लाहकार, चलचित्र बिकास वोर्डका पूर्व अध्यक्ष, बिशिष्ट चलचित्रकर्मी, लेखक, निर्देशक, नायक कृष्ण मल्ल, बिशिष्ट अभिनेत्री शर्मिला मल्ल, बिशिष्ट अभिनेत्री बसुन्धरा भुसाल, बरिष्ट कलाकार रवीन्द्र खड्का, बरिष्ट देउडा गायक नन्दकृष्ण जोशी, लोकप्रिय अभिनेत्री केकी अधिकारी, निर्माता मोहनकृष्ण श्रेष्ठ, चर्चित हास्य कलाकार सन्दीप क्षेत्री, निर्देशक डा. घनश्याम खतिवडा र नायक संजय खतिवडालाई सम्मान गर्न लागिएको कार्यक्रमकी संयोजक साहित्यकार कवि गीतकार तथा चलचित्र निर्माता अनु शाहले जानकारी दिइन् । 

    नेसास बोस्टन च्याप्टरका अध्यक्ष महेश्वर पन्तले चलचित्र, गीत संगीत, नाटक र कलाकारिता प्रत्यक्षरूपमा साहित्यसँग जोडिएको हुँदा र कलाकार समाजका दर्पण भएकाले साहित्यकारका साहित्यिक शब्दहरूलाई कलाकारिताद्वारा अभिव्यक्त गरिने हुँदा पनि साहित्य, चलचित्र र कलाकारिता एक अर्काको परिपुरक भएको बताए । 

    नेपालका प्रख्यात कलाकारहरूलाइ बोस्टन निवासी सम्पूर्ण नेपाली समुदायहरूसँग साक्षात्कार गराउने, पर्दामा मात्र देखिएका कलाकारसँग प्रत्यक्ष भेटघाट गराउने र बर्षौदेखि टाढा भएका कलाकार र समुदायबीच एक अर्कामा पुनर्मिलन गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनको भनाई छ । 

    कार्यक्रममा सम्पूर्ण नेपाली समुदायको लागि निःशुल्क रहेको हुँदा आफ्नो मन पर्ने कलाकारहरूसँग भेटघाट गर्ने अवसर नगुमाउनसमेत अध्यक्ष पन्तले आग्रह गरे।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार