images
images

सेनाको हेलिकप्टरले बीपी राजमार्गबाट उद्धार गर्यो ८१ जनालाई, पर्खाइमा हजारभन्दा बढी

सेनाको हेलिकप्टरले बीपी राजमार्गबाट उद्धार गर्यो ८१ जनालाई, पर्खाइमा हजारभन्दा बढी

आइतवार, असोज १३ २०८१
आइतवार, असोज १३ २०८१
  • images
    images
    सेनाको हेलिकप्टरले बीपी राजमार्गबाट उद्धार गर्यो ८१ जनालाई, पर्खाइमा हजारभन्दा बढी
    images
    images

    काठमाडौँ / काभ्रेको बीपी राजमार्गमा फसेकाहरूमध्ये ८१ जनाको उद्धार गरिएको छ । नेपाली सेनाको हेलिकप्टरले रोशी गाउँपालिकाको मंगलटार क्षेत्रबाट ८१ जनाको उद्धार गरेर धुलिखेल ल्याएको हो ।  

    images
    images

    जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बीपी राजमार्गको नेपालथोक–धुलिखेल खण्डमा १ हजारभन्दा बढी नागरिक बसेको र उद्धार गर्नुपर्ने अवस्था छ ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक दिनेशबहादुर कुँवरले भने, “सुरुमा नेपाली सेनाको हेलिकप्टर मार्फत मंगलटारमा खाद्यान्न पुर्‍याएर राजमार्गमा फसेकाहरूको उद्धार सुरु भएको छ।” 

    उद्धार गरिएकामध्ये १३ जना बिरामी समेत छन् । अविरल बर्षाका कारण जिल्लामा विद्युत् र दूरसञ्चार सेवा समेत अवरोध हुँदा समस्या भएको छ । जिल्लाका प्रमुख दुई राजमार्ग बीपी र अरनिकोसहित अधिकांश स्थानीय तह जोड्न सडक समेत अवरुद्ध छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार