images
images

मर्चेन्ट बैंकर्स संघका पदाधिकारीहरूद्वारा सेवन अध्यक्ष बरालको उपस्थितिमा  शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

मर्चेन्ट बैंकर्स संघका पदाधिकारीहरूद्वारा सेवन अध्यक्ष बरालको उपस्थितिमा  शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

बुधवार, कार्तिक १४ २०८१
बुधवार, कार्तिक १४ २०८१
  • images
    images
    मर्चेन्ट बैंकर्स संघका पदाधिकारीहरूद्वारा सेवन अध्यक्ष बरालको उपस्थितिमा  शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    images
    images

    काठमाडौँ / नेपाल मर्चेन्ट बैंकर्स संघको नवनिर्वाचित कार्यसमिति पदाधिकारीहरूद्वारा बुधबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष महेश बरालको उपस्थितिमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । 

    images
    images

    संघले नेपालीहरूको प्रमुख चाड शुभ दिपावली, छठ पर्व तथा नेपाल सम्वत् ११४५ को  अवसरमा नवनिर्वाचित पदाधिकारीहरूले शुभकामना आदानप्रदान गरेका हुन् ।

    ललितपुर खुमलटार स्थित नेपाल धितोपत्र बोर्डको कार्यालयमा आयोजना गरिएको उक्त भेटघाट कार्यक्रममा नेपाल मर्चेन्ट बैंकर्स संघका नवनिर्वाचित अध्यक्ष रामेन्द्र रायमाझी, निवर्तमान अध्यक्ष विजय लाल श्रेष्ठ, उपाध्यक्ष मनिष नारायण जोशी, महासचिव निर्मल भट्टराई, कोषाध्यक्ष शिभान्त राज पाण्डे, सदस्यहरू सन्दिप कार्की, पुष्प शर्मा र लेखनाथ पोख्रेलको उपस्थिति  रहेको थियोे ।

    उक्त कार्यक्रममा नेपाल मर्चेन्ट बैंकर्स संघका नवनिर्वाचित अध्यक्ष रामेन्द्र रायमाझी लगायतका कार्य समिति सदस्यहरूले पूँजी बजारको समसामयिक विषय एवं सुधार सम्बन्धी विषयहरूमा अध्यक्षसँग विचार विमर्श गरेका थिए । 

    सो अवसरमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष बरालले शुभकामना आदान प्रदान गर्दै मर्चेन्ट बैंकर्सहरूसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्घता व्यक्त गरेका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार