images
images

आइपिओ निष्कासन स्थगित भएको रिलायन्स स्पिनिङ्ग मिल्सले बोलायो साधारण सभा, के गर्ला निर्णय ?

आइपिओ निष्कासन स्थगित भएको रिलायन्स स्पिनिङ्ग मिल्सले बोलायो साधारण सभा, के गर्ला निर्णय ?

बुधवार, कार्तिक २१ २०८१
बुधवार, कार्तिक २१ २०८१
  • images
    images
    आइपिओ निष्कासन स्थगित भएको रिलायन्स स्पिनिङ्ग मिल्सले बोलायो साधारण सभा, के गर्ला निर्णय ?
    images
    images

    काठमाडौँ / बुक बिल्डिङ विधिबाट सर्वसाधारणमा आइपिओ जारी गर्ने तयारीमा रहे पनि विरोधपछि स्थगित भएको रिलायन्स स्पिनिङ्ग मिल्सले साधारण सभा बोलाएको छ । 

    images
    images

    सर्वसाधारणतर्फको सेयरमध्ये १० प्रतिशत आरक्षित सेयर गत असार २७ गतेदेखि निकाशन हुने तयारीमा भएको भए पनि सेयर मूल्य उच्च भएको विरोधपछि हाल स्थगित नै छ । 

    नेपाल धितोपत्र बोर्डको स्वीकृतिमा प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले आइपिओ निष्काशन गर्ने तयारी गरेकोमा सरकारको निर्देशनमै कम्पनीको आइपिओ बोर्डले नै स्थगित गरेको थियो। 

    कम्पनीले वार्षिक साधारण सभा भने कार्तिक २९ गते बोलाएको छ । 

    कार्तिक ७ गते बसेको कम्पनीको सञ्चालक समिितको बैठकले ३०औँ बार्षिक साधारण सभा कम्पनीको रजिस्टर्ड कार्यालय अमिर भवन, कमलादी, काठमाडौँमा गर्ने निर्णय गरेको हो ।  साथै, सञ्चालक समितिको अनुमोदन गर्ने प्रस्तावमासमेत छलफल हुने कम्पनीद्वारा जारी सूचनामा उल्लेख छ । 

    कम्पनी ऐनको दफा १०५ उपदफा १ को ग कार्यान्वयन गर्ने विशेष प्रस्तावमा समेत सभामा छलफल गरिने उल्लेख छ । उक्त दफाको उपदफामा कम्पनीको कर्मचारी वा आफ्नो वर्गमा एक लाख रुपैयाँ वा कम्पनीको विगत तीन आर्थिक वर्षको सरदर खुद मुनाफाको एक प्रतिशतले हुन आउने रकममध्ये जुन कम हुन्छ, सो रकमभन्दा बढी रकमको चन्दा, अनुदान वा दान दिन उल्लेख छ ।

    सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू  पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति  र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावमा छलफल गरी निष्कर्ष निकाल्नेछ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार