images
images

कर्मचारीलाई मालिकले बन्धक बनाएपछि सुरक्षाकर्मीद्वारा उद्धारका लागि हस्तक्षेप

कर्मचारीलाई मालिकले बन्धक बनाएपछि सुरक्षाकर्मीद्वारा उद्धारका लागि हस्तक्षेप

आइतवार, मंसिर २ २०८१
आइतवार, मंसिर २ २०८१
  • images
    images
    कर्मचारीलाई मालिकले बन्धक बनाएपछि सुरक्षाकर्मीद्वारा उद्धारका लागि हस्तक्षेप
    images
    images

    फ्रान्सको राजधानी पेरिसको बाहिरी इलाकामा रहेको आफ्नो बुबाको रेष्टुरेन्टमा शनिबार एक व्यक्तिले चक्कु देखाएर केही कर्मचारीलाई बन्धक बनाएका छन् ।

    images
    images

    रेष्टुरेन्ट फ्रान्सको राजधानी पेरिसको चक्रपथभन्दा निकै टाढा रहेको दक्षिणपश्चिमी उपनगरमा रहेको इस्सी–लेस–मौलिनेक्स सहरमा अवस्थित छ ।

    प्रहरी स्रोतले एएफपीलाई दिएको जानकारीअनुसार ती व्यक्तिले ‘तीन वा चार जना कर्मचारी’ राखेका थिए तर बन्धक बनाइएका व्यक्ति कर्मचारीबाहेक ग्राहक वा अन्य सर्वसाधारणनरहेको बताइएको छ । 

    प्रहरीले कार्यक्रमस्थलको चारैतिर सुरक्षा घेरा बनाएको छ ।

    स्रोतका अनुसार ती व्यक्तिले स्थानीय समयअनुसार दिउँसो १ बजेभन्दा केही समयअघि आफूलाई रेस्टुरेन्टमा थुनेका थिए । एक मध्यस्थलाई घटनास्थलमा पठाइएको थियो।

    प्रहरीको स्थानीय कार्यालयले सामाजिक सञ्जाल एक्समा लेखेको छ, “उद्धारका लागि हस्तक्षेप जारी छ । सुरक्षा र आपतकालीन सेवाहरूले आफ्नो काम गर्न दिनुहोस्।”

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार