images
images

आज यी प्रदेशका स्थानमा वर्षा तथा हिमपातको सम्भावना

आज यी प्रदेशका स्थानमा वर्षा तथा हिमपातको सम्भावना

शुक्रवार, मंसिर ७ २०८१
शुक्रवार, मंसिर ७ २०८१
  • images
    images
    आज यी प्रदेशका स्थानमा वर्षा तथा हिमपातको सम्भावना
    images
    images

    काठमाडौं/ आज शुक्रबार देशमा पश्चिमी वायुको सामान्य प्रभाव देखिन्छ । 

    images
    images

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी 
    अनुसार भारतको उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर न्यून चापीय प्रणाली अवस्थित रहेको छ ।
     
    अहिले बिहान कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।

    दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। 

    कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

    राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले पूर्वानुमान गरेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार