images
images

चिसो बढ्दै, तापक्रम घट्दै सामन्यतया देशभर मौसम सफा हुने

चिसो बढ्दै, तापक्रम घट्दै सामन्यतया देशभर मौसम सफा हुने

शुक्रवार, मंसिर १४ २०८१
शुक्रवार, मंसिर १४ २०८१
  • images
    images
    चिसो बढ्दै, तापक्रम घट्दै सामन्यतया देशभर मौसम सफा हुने
    images
    images

    काठमाडौं/  जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शुक्रबार बिहान कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।

    शुक्रबार दिउँसो कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

    दिउँसो वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ। 

    शुक्रबार राति म कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

    ग‍ण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक–दूई स्थानमा राति हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। 

    काठमाडौंसहित देशभरका तापक्रम क्रमशः घट्दै गइरहेको छ। 

    शनिबार बिहान काठमाडौंको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस छ। अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसकाबीच रहने महाशाखाको पूर्वानुमान छ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार