काठमाडौँ / सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) पार्वड बाई एनसेल आजदेखि सुरु भएको छ । अत्यन्तै, व्यग्रताका साथ प्रतिक्षा गरिएको एनपिएलका खेलहरूलाई अझ रोमाञ्चक बनाउनका लागि एनसेलले आकर्षक एनपिएल फ्यान प्याक सार्वजनिक गरेको छ ।
एनसेलले सधैँ अन, डेटा र भ्वाइसमा तीन वटा आकर्षक एनपीएल फ्यान प्याकहरू सञ्चालनमा ल्याएको छ । यी अफरहरू अन्तर्गत ग्राहकहरूले अनलिमिटेड यूट्युब र अनलिमिटेड डेटाका साथ एनपिएलभरी अनलाइनमार्फत खेलको मजा लिन सक्नेछन् ।
यसका साथै ग्राहकका लागि अनलिमिटेड भ्वाइस अफर पनि उपलब्ध छ । यी प्याकहरू लिने ग्राहकले एनपीएलका खेलहरू प्रत्यक्ष मैदानमा नै हेर्न टिकट लगायत अन्य आकर्षक उपहार जित्नको लागि पनि योग्य हुनेछन् ।
सधैँ अन प्याक अन्तर्गत ग्राहकहरूले ३९९ रुपैयाँदेखि १ हजार ४ सय ९९ रुपैयाँसम्मको कुनै पनि प्याकको खरिदमा ग्राहकले यूट्युबमा प्याक अवधिभर अनलिमिटेड पहुँच पाउँछन् । यससँगै ग्राहकहरूले अतिरिक्त डेटा शुल्कको बारेमा चिन्ता नगरी एनपिएलका रोमाञ्चक खेलहरू अनलाइनमार्फत कुनै पनि समयमा जहाँ भए पनि हेर्न सक्नेछन् ।
त्यसैगरी डेटा सेवा आवश्यक भएका ग्राहकहरूका लागि एनसेलले अनलिमिटेड डेटा अफर ल्याएको छ । ग्राहकहरूले ५० रुपैयाँमा १ दिनको समयसीमा रहेको अनलिमिटेड डेटा प्याक लिन सक्छन् ।
१२५ रुपैयाँ (३ दिन), १९९ रुपैयाँ (७ दिन) र ९९९ रुपैयाँ (२८ दिन) समयावधि रहेको अनलिमिटेड डेटा किनेर एनपिएलका खेलहरूको मजा अनलाइनमार्फत लिन सकिन्छ ।भ्वाइस सेवामा पनि अनलिमिटेड प्याक रहेका छन् । ७ दिनको लागि १४९ रुपैयाँ र २८ दिनको लागि ४९९ रुपैयाँमा अनलिमिटेड भ्वाइस सेवा लिन सकिन्छ ।
माथि उल्लेखित सधैँ अन, अनलिमिटेड डेटा प्याकहरू र अनलिमिटेड भ्वाइस प्याकहरू किन्ने सबै ग्राहकहरू एनपिएल खेलहरू मैदानमा नै हेर्नका लागि टिकट जित्न योग्य हुनेछन् । यी प्याकहरू किनेपछि ग्राहकहरूले एसएमएस मार्फत एनसेल एपमा रहेको ‘स्पिन द ह्वील’मा जाने लिंक प्राप्त गर्छन् ।
एपमा गई ह्वील घुमाउँदा ग्राहकहरूले एनपीएल खेलको टिकट, १ जीबी डेटा, ५० रुपैयाँ क्यासब्याक (१ दिनको समयसिमा), १०० रुपैयाँ क्यासब्याक (१ दिनको समयसिमा), वा १०० अन–नेट एसएमएस (१ दिनका समयसिमा) पाउन सक्छन् ।
त्यसैगरी, एनसेल फाउन्डेसनले प्रत्येक एनपीएलको खेलमा हानिने चौकामा ग्रामीण र दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई चारवटा शैक्षिक सामाग्री वितरण गर्नेछ । यस सामाजिक पहलको उद्देश्य विद्यार्थीहरूको जीवनमा शैक्षिक अवसर र उज्जवल भविष्यका लागि अवसरहरू बढाउनु हो ।
नेपाल क्रिकेट संघ (क्यान) र एनसेलले एनपिएलको लागि सहकार्य गरेको छ । यस साझेदारी अन्तर्गत सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको पार्वड बाई पार्टनरको रूपमा एनसेल रहेको छ ।
यस साझेदारी अन्तर्गत एनसेलले नेपाली क्रिकेटप्रेमीहरूका लागि यो क्रिकेट महोत्सवलाई ऊर्जा प्रदान गर्दै आफ्नै स्थानीय क्रिकेट प्रतिभाहरूको विकासमा योगदान पुर्याउने विश्वास लिइएको छ ।
यो सहकार्य एनसेलको ‘हामी तपाईंकै लागि’ थिम र नेपालमा क्रिकेट तथा खेलकुदको विकासलाई सहयोग गर्ने प्रतिबद्धतामा आधारित रहेको छ । क्रिकेट भारतीय उपमहाद्वीपकै सबैभन्दा बढी लोकप्रिय खेलकुद मध्ये एक हो ।
समाजको माझ सधैँ सँगै रहि एनसेल फाउन्डेसन प्रभावकारी परियोजानाहरूमार्फत समुदायको विकासमा योगदान पुर्याउन प्रतिबद्ध रहेको एनसेलले उल्लेख गर्दै आएको छ ।