काठमाडौँ / आजबाट सुरु भएको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई १ सय २८ रनको लक्ष्य दिएको छ ।
जनकपुरका कप्तान अनिल शाहले टस जितेर बलिङ रोजेसँगै विराटनगरले पहिले ब्याटिङ गरेको हो । खेलमा विराटनगर किंग्सका ब्याटर मार्टिन गप्टिलले ४३ बलमा ५५ रन बनाएर अर्धशतक पूरा गरेका थिए ।
एनपीएल नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा इतिहासमा नै पहिलो पटक आयोजना भएको हो । विराटनगर किंग्सका कप्तानमा सन्दीप लामिछाने छन् भने जनकपुरको कप्तानमा अनिल शाह रहेका छन् ।