images
images

नेप्से परिसूचक १९.९७ अङ्कले बढेको बजारमा, कारोबार रकम १० अर्ब नाघ्यो

नेप्से परिसूचक १९.९७ अङ्कले बढेको बजारमा, कारोबार रकम १० अर्ब नाघ्यो

सोमवार, मंसिर १७ २०८१
सोमवार, मंसिर १७ २०८१
  • images
    images
    नेप्से परिसूचक १९.९७ अङ्कले बढेको बजारमा, कारोबार रकम १० अर्ब नाघ्यो
    images
    images

    काठमाडौँ / साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १९.९७ अंकले बढेर २७५८.०४ विन्दुमा पुगेको छ । अघिल्ला दुई दिन परिसूचक घटेपछि आज वृद्धि भएको हो । 

    images
    images

    सोमबार, सेन्सेटिभ इण्डेक्स १.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३२ अंकले बढेको छ । 

    यस दिन ३१४ स्टकको १ लाख ३ हजार ४८१ पटकको कारोबार १० अर्ब ५४ करोड १७ लाख ४६ हजार रुपैयाँको भएको छ । २ करोड ३० लाख ११ हजार कित्ता शेयर खरिद बिक्री भएको छ ।

    तारागाउँ रिजेन्सी होटल, विशाल बजार, खानीखोला हाइड्रोपावर र जोशी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

    अप्पर साङ्गे हाइड्रोपावरको शेयरमूल्य ९.९५  प्रतिशतले बढ्यो, भने नेपाल फाइनान्सको शेयरमूल्य ८.७२ प्रतिशत घट्यो । नेपाल फाइनान्सको ५९ करोड ४७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ, जुन आजको उच्चतम कारोबार हो ।

    सोमबारको कारोबारमा १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ , जसमा व्यापार उपसमूहमाको परिसूचक ९.७० प्रतिशतले बढेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार