images
images

‘शार्क ट्यांक नेपाल’ अब हिमालय टिभीमा, उद्यमीका लागि ४० करोड रुपैयाँ लगानी जुटाइने

‘शार्क ट्यांक नेपाल’ अब हिमालय टिभीमा, उद्यमीका लागि ४० करोड रुपैयाँ लगानी जुटाइने

सोमवार, पुस ८ २०८१
सोमवार, पुस ८ २०८१
  • ‘शार्क ट्यांक नेपाल’ अब हिमालय टिभीमा, उद्यमीका लागि ४० करोड रुपैयाँ लगानी जुटाइने
    images
    images

    काठमाडौँ / उद्यमीहरूमाझ चर्चित टेलिभिजन कार्यक्रम ‘शार्क ट्याङ्क’ को नेपाली संस्करण हिमालय टिभीमा आउने भएको छ । सोमबार हिमालय टिभीले विशेष कार्यक्रमको आयोजना गर्दै ‘शार्क ट्यांक नेपाल’को औपचारिक घोषणा गरेको हो ।

    सो अवसरमा पाँचजना शार्क (निर्णायक) घोषणा भएका छन् । बेलायती टिभी कार्यक्रम ‘शार्क ट्यांक’बाट इजाजत लिएर हिमालय टिभीले नेपाल संस्करण ल्याउन लागेको हो ।

    शोलाई ‘हिमालय रोडिज’ फेम्ड सिमोस सुनुवारले निर्देशन गर्नेछन् । एउटा एपिसोडमा पाँच जना उद्यमी गरेर कुल २० एपिसोडमा एकसय जना उद्यमीले आफ्नो व्यवसाय र उद्यमशीलताको आइडिया पिच गर्नेछन् ।

    शोमार्फत ३५ देखि ४० करोड रुपैयाँ लगानी उद्यमीलाई जुटाइने छ । हिमालय टिभीमा आगामी तीन महिनाभित्र प्रसारणको अपेक्षा राखिएको कार्यक्रमको छायाङ्कन फागुनदेखि गर्ने तयारी छ ।

    कार्यक्रमको छायांकन नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा हुनेछ । शीघ्र प्रसारण हुन्छ भन्दै २०२२ मै यस कार्यक्रमको घोषणा गरिएको थियो । तर, घोषणा गरेको दुई वर्षसम्म कार्यक्रम प्रसारणमा आउन सकेको थिएन ।

    नवीनता, उद्यमशीलता र लगानीलाई प्रवर्द्धन गर्ने उद्देश्यले चर्चित यो प्लेटफर्म भारत, पाकिस्तान, बंगलादेशमा समेत लोकप्रिय छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    साताको लोकप्रीय
    थप समाचार