images
images

आजदेखि बढ्यो गाडिभाडा, अब कुन रुटका यात्रुले कति तिर्नुपर्ला ?

आजदेखि बढ्यो गाडिभाडा, अब कुन रुटका यात्रुले कति तिर्नुपर्ला ?

श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, ह्रासकट्टी र सञ्चालन मुनाफालगायत मूख्य सूचकमा देखिएको मूल्यवृद्धिको आधारमा बढाइयो गाडि भाडा

सोमवार, पुस २२ २०८१
सोमवार, पुस २२ २०८१
  • आजदेखि बढ्यो गाडिभाडा, अब कुन रुटका यात्रुले कति तिर्नुपर्ला ?
    images
    images

    काठमाडौँ / सार्वजनिक यातायातको भाडा फेरि बढेको छ । सरकारले आजैदेखि लागु हुने गरी सार्वजनिक यातायातका यात्रुबाहक तथा मालबाहक सवारी साधनको भाडा बढाएको हो । यातायात व्यवस्था विभागका अनुसार यात्रुबाहक सवारी साधनको सवारी भाडा ३.३० प्रतिशतले बढाइएको छ । 

    पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.०५ प्रतिशतले बढाइएको विभागले जनाएको छ । 

    यसपटक दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने (राष्ट्रिय स्तरका सार्वजनिक यातायातका रुटमा सञ्चालन हुने) सार्वजनिक यातायातका सवारीको भाडा समायोजन गरिएको विभागद्वारा जारी सूचनामा उल्लेख छ । 

    सार्वजनिक यातायात सञ्चालनसँग सम्बन्धित लगानी तथा खर्च सम्बन्धमा विभागले गरेको अध्ययन तथा विश्लेषण, सरोकारवाला पक्षसँग गरिएको परामर्श समेतका आधारमा भाडा बढाइएको विभागले जनाएको छ । 

    त्यस्तै, श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, ह्रासकट्टी र सञ्चालन मुनाफालगायत मूख्य सूचकमा देखिएको मूल्यवृद्धिको आधारमा सार्वजनिक सवारीको भाडा समायोजन गरिएको समेत विभागले जनाएको छ ।

    वि.सं. २०७८ असार २९ मा सरकारले सार्वजनिक यातायातको भाडादर समायोजन गरेको थियो भने सो पश्चात ५ प्रतिशतले इन्धनको मूल्य घटी वा बढी हुँदा भाडा दर समयोजन गरिदै आएको थियो । 

    पछिल्लो समय वि.सं. २०८० साउन ३१ गते भाडा दर समायोजन गरिएको थियो । भौतिक, पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पुस ११ मा विभागलाई भाडादर बढाउन सहमति दिएका थिए ।

    कहाँ कति बढ्यो भाडा दर ? 

    नयाँ भाडा दर अनुसार सबैभन्दा बढी यात्रुवाहक सवारीको भाडा ३.३० प्रतिशतले बृद्धि भएको छ । त्यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा दर ०.०५ प्रतिशतले बृद्धि भएको छ । 

    नयाँ भाडादर अनुसार सबैभन्दा बढी भाडा काठमाडौँ-अत्तरिया, डडेलधुरा हुँदै बैतडीसम्म पुग्ने डिलक्स गाडिको भाडा ३ हजार ९ सय ९ रुपैयाँ तोकिएको छ । यसअघि २ हजार ७ सय १५ रुपैयाँ कायम भएको भाडा दर १ हजार १९४ रुपैयाँले बढेको हो । सामान्य गाडिमा सोही रुटको भाडादर भने ३ हजार २५८ रुपैयाँ तोकिएको छ । 

    त्यस्तै, महेन्द्रनगर–काकडभिट्टाको ९२२ किलोमिटर दुरीमा सामान्य गाडिमा ३ हजार १४३ रुपैयाँ र डिलक्स गाडिमा ३ हजार ७७२ रुपैयाँ तोकिएको छ । यसैगरी, काठमाडौँदेखि अत्तरिया हुँदै सिलगढी जाने यात्रुवाहक बसको भाडा ३ हजार ६ सय ७१ रुपैयाँ तोकिएको छ । सोही रुटमा चल्ने सामान्य गाडिको भाडा भने ३ हजार ५९ रुपैयाँ रहेको छ । 

    नारायणगढ–कावासोतीबजार भाडादर भने सबैभन्दा सस्तो रहेको छ । यो रुटमा चल्ने डिलक्स गाडिको भाडा १५३ रुपैयाँ र सामान्य गाडिको भाडा १२७ रुपैयाँ तोकिएको छ । त्यस्तै, सिन्धुली बर्दिबासको डिलक्स गाडिको भाडा १६० रुपैयाँ र भद्रपुर–लक्ष्मीपुर–राजगढको भाडादर १७३ रुपैयाँ कायम गरिएको छ । 

    डिलक्स सुविधा लिएका यात्रुवाहक बसले तोकिएको भाडादरमा २० प्रतिशत रकम थप गरी लिने र सुपर डिलक्स सुविधा लिएका बसहरूले डिलक्सको भाडादरमा २० प्रतिशत थप गरी भाडा लिने व्यवस्था छ । 

    तराईको लामो दुरीमा चल्ने यात्रुवाहक बसले पुस १६ गतेदेखि प्रतिकिलोमिटर प्रतिव्यक्ति २ रुपैयाँ ९३ पैसा भाडा उठाउँदै आएको छ । त्यस्तै, २५ किलोमिटरदेखि २५० किलोमिटरसम्म दुरीमा प्रतिव्यक्ति ३ रुपैयाँ र काठमाडौँ–पोखरा र पोखरा नारायणघाट खण्डको प्रतिव्यक्ति ३ रुपैयाँ २४ पैसा कायम गरिएको छ ।

    विस्तृतमा हेर्नुस् 

     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    साताको लोकप्रीय
    थप समाचार