काठमाडौँ / नेपाल लाइफ क्यापिटल लिमिटेडको अध्यक्षमा कृष्णराज लामिछाने चयन भएका छन् । कम्पनीको ११औँ वार्षिक साधारण सभाले सदस्यमा चयन गरेको लामिछानेलाई सभापश्चात बसेको कम्पनी सञ्चालक समितिको ११०औँ बैठकले अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको हो ।
पुस १९ गते सम्पन्न सभाले सञ्चालक समितिमा संस्थापक शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक समिति सदस्यमा कृष्णराज लामिछाने, सुरेश कुमार अग्रवाल, अमित कुमार कयाल र प्रेम प्रसाद रेग्मी निर्विरोध चयन गरेको छ ।
यसैगरी, उक्त सभाले आ.व. २०८०/८१ को लेखापरीक्षकको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आ.व. २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्तिसमेत गरेको जनाएको छ ।