images
images

संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रको वृहत्तर कार्ययोजना आवश्यक

संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रको वृहत्तर कार्ययोजना आवश्यक

बिहिवार, पुस २५ २०८१
बिहिवार, पुस २५ २०८१
  • संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रको वृहत्तर कार्ययोजना आवश्यक
    images
    images

    काठमाडौँ / अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले कार्यान्वयन गर्न योग्य कार्ययोजना यथाशिघ्र निर्माण गरी सोको जानकारी समितिलाई गराउन मन्त्रालयलाई निर्देशन दिएको छ । 

    बिहीबार सिंहदरबारस्थित समिति सभाकक्षमा बसेको पर्यटन समितिको बैठकले संस्कृति पर्यटन र नागरिक उड्डयन तीनै क्षेत्रको वृहत्तर विकासको लागि मन्त्रालयको समग्र नीतिगत संरचनागत र व्यवस्थापकीय सुधार गर्न कार्यान्वयन गर्न योग्य कार्ययोजना यथासिघ्र निर्माण गरी सो को जानकारी समितिलाई गराउने निर्णय गरेको सभापति राजकिशोर यादवले जानकारी दिए ।  

    उने भने, “संस्कृति पर्यटन र नागरिक उड्डयन तीनै क्षेत्रको वृहत्तर विकासको लागि मन्त्रालयको समग्र नीतिगत संरचनागत र व्यवस्थापकीय सुधार गर्न, त्यसको कार्यान्वयन गर्न योग्य कार्ययोजना यथाशिघ्र निर्माण गरी सोको जानकारी समितिलाई गराउने निर्णय भएको छ ।”

    यस्तै, उनले विभिद जाती भाषा धर्म र सांस्कृतिक सम्पदाहरूको संरक्षण गर्न नेपालमा जातिय र धार्मिक संग्रालयहरूको निर्माण कार्यलाई तिव्रता दिइ पर्यटन प्रवर्द्धनमा जोड दिने र मन्त्रालयअन्तर्गत सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालित विभिन्न आयोजना एवम् निकायहरूको उपलब्धी र प्रभावकारीताबारे अध्यन गरी सो को जनकारी समितिलाई जानकारी गराउने निर्णय भएको पनि जानकारी दिए । 

    उनले भने, “विभेद जाति, भाषा, धर्म र सांस्कृतिक सम्पदाहरुको संरक्षण गर्न नेपालमा जातिय र धार्मिक संग्रालयहरूको निर्माण कार्यलाई तिव्रता दिई पर्यटन प्रवर्द्धनमा जोड दिने । मन्त्रालय अन्तर्गत सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालित विभिन्न आयोजना एवम् निकायहरूको उपलब्धी र प्रभावकारीताबारे अध्यन गरी सो को जानकारी समितिलाई जानकारी गराउने पनि निर्णय भएको छ ।” 
     
    त्यस्तै, उनका अनुसार पुरातात्विक सम्पदा उत्खनन्को कामलाई नियमित परिणाममुखीमूलक बनाई कार्य सम्पादनमा जोड दिने पनि निर्णय भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार