images
images

अर्थतन्त्र निर्माण गर्न बिमा क्षेत्रले कसरी योगदान पुर्याउँछ ?

अर्थतन्त्र निर्माण गर्न बिमा क्षेत्रले कसरी योगदान पुर्याउँछ ?

बिहिवार, पुस २५ २०८१
बिहिवार, पुस २५ २०८१
  • अर्थतन्त्र निर्माण गर्न बिमा क्षेत्रले कसरी योगदान पुर्याउँछ ?
    images
    images

    काठमाडौँ / उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्राकृतिक र मानव सिर्जित जोखिमबाट मानव जीवन र वित्तीय सुरक्षा प्रदान गर्न बिमा क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।

    बिहीबार बिमा बहस कार्यक्रममा बोल्दै मन्त्री पौडेलले जोखिम न्यूनीकरण, बचत कर्जा र लगानी अभिवृद्धिलाई रोजगारी सिर्जनाजस्ता माध्यमबाट अर्थतन्त्रलाईसमेत बिमा क्षेत्रले महत्त्वपूर्ण योगदान पुर्याउने बताएका हुन् ।
     
    उनले भने, “प्राकृतिक र  मानव सिर्जित जोखिमबाट मानव जीवन, व्यवसाय र वित्तीय सुरक्षा प्रदान गर्न बिमा क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको छ । बचत कर्जा, लगानी अभिवृद्धि, रोजगारी सिर्जनाजस्ता माध्यमबाट अर्थतन्त्र निर्माण गर्न बिमा क्षेत्रको महत्त्वपूर्ण योगदान रहन्छ ।”

    साथै उनले बिमा क्षेत्रको विकास र प्रवद्र्धनका लागि सरकारले निरन्तर प्रयास गर्दै आइरहेको बताए । उनले सरकारले लिएको नीतिगत बिमाको दायरा क्रमशः विस्तारै हुँदै गैइरहेको बताए ।

    यसैगरी उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक विकासमा बिमा क्षेत्रले धेरै नै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा बिमा क्षेत्रमा करिब २ लाख व्यक्तिहरूले रोजगारी पाएको समेत बताए । 
     
    उनले  भने, “वास्तवमा बिमा क्षेत्रले नेपालको आर्थिक विकासमा धेरै नै महत्त्वपूर्ण  भूमिका निर्वाह गरेको छ । करिब प्रत्यक्ष र अप्रत्यक्ष रूपमा बिमा क्षेत्रमा करिव २ लाख व्यक्तिहरूले रोजगारी पाएका छन् ।”

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार