images
images

जगदुल्लाको ठेक्का प्रक्रियामा चलखेल गरेको आरोपपछि बोले उर्जामन्त्री - प्रमाणित भए राजनीति छोड्छु

जगदुल्लाको ठेक्का प्रक्रियामा चलखेल गरेको आरोपपछि बोले उर्जामन्त्री - प्रमाणित भए राजनीति छोड्छु

बिहिवार, पुस २५ २०८१
बिहिवार, पुस २५ २०८१
  • जगदुल्लाको ठेक्का प्रक्रियामा चलखेल गरेको आरोपपछि बोले उर्जामन्त्री - प्रमाणित भए राजनीति छोड्छु
    images
    images

    काठमाडौँ / उर्जा तथा जलस्रोतमन्त्री दिपक खड्काले वर्तमान सरकारले राजनीतिक स्थायित्व दिनेदेखि आर्थिक समृद्धि दिने उद्देश्यका साथ ठूला  कार्ययोजनाहरू प्रस्तुत गरेको बताएका छन् । 

    बिहीबार काठमाडौँँमा आयोजित ‘उर्जा विकास मार्गचित्र–२०८१’ विमोचन कार्यक्रममा उनले नीतिगत सुधार, अर्थतन्त्रलाई चलाएमान बनाउने र समृद्ध नेपाल निर्माण गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताए । 

    उनले भने, “यो बलियो सरकारले मुलुकमा प्रगतिशिल कामहरू गर्न सक्नुपर्छ । राजनीतिक स्थायित्व दिनेदेखि आर्थिक समृद्धि पनि दिनुपर्छ भन्ने उद्देश्यका साथ ठूला ठूला कार्ययोजनाहरू हामीले प्रस्तुत गर्दैछाँै । अरु मन्त्रालयहरूले पनि नीतिगत सुधार र अर्थतन्त्रलाई चलायमान बनाउने, स्रोतलाई अधिकतम् परिचालन गर्ने रोजगारी सिर्जना गर्ने र लामो समयदेखि भन्दै आएको समृद्ध नेपाल निर्माण गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको छ ।”

    यसका साथै, उनले बोलेर मात्र होइन काम गरेर देखाउनुपर्ने भन्दै प्रतिवेदनमा राखिएका लक्ष्य प्राप्तिका लागि अगाडि बढ्ने बताए । उनले सार्वजनिक खरिद ऐनलाई पनि व्यवस्थित गर्नुपर्ने बताए ।

    “मलाई जोडेर चेक वितरण भएको कुरा आएको छ । मैले पढिरहेको छु, यो कल्पित कुरा हो र असम्भव हो । यस्ता विषयमा म त्यति आक्रोशित हुन चाहन्न । यसलाई चुनौतिका रूपमा लिएको छु । कसैले प्रमाणित गर्यो भने जीवनभर राजनीति नगर्ने मात्र होइन, यो प्रमाणित गरेर त्यो चेक मलाई दिनेलाई म त्यो भन्दा पाँच गुना बढि पुरस्कार दिन्छु । यस्तो भ्रमित कुराको प्रचार प्रमाण बिना नगर्नुहोला,” उनले भने । 

    जगदुल्ला जलविद्युत आयोजना निर्माणको ठेक्का दिलाउन आर्थिक चलखेल गरेको समाचार प्रकाशित भएको सन्दर्भलाई लिएर उनले यसो भनेका हुन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार