images
images

न्याय प्रणालीमा विश्वास गर्ने ठाउँ छ, धेरै लडाई अझै बाँकी छ : रवि लामिछाने

न्याय प्रणालीमा विश्वास गर्ने ठाउँ छ, धेरै लडाई अझै बाँकी छ : रवि लामिछाने

शुक्रवार, पुस २६ २०८१
शुक्रवार, पुस २६ २०८१
  • न्याय प्रणालीमा विश्वास गर्ने ठाउँ छ, धेरै लडाई अझै बाँकी छ : रवि लामिछाने
    images
    images

    काठमाडौँ / पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले न्यायलयलाई धन्यवाद ज्ञापन गरेका छन् । रिहा भएपछि प्रतिक्रिया दिने क्रममा उनले न्याय प्रणालीमा विश्वास गर्ने ठाउँ भएको उल्लेख गर्दै धन्यवाद दिएका हुन् । 

    सो क्रममा लामिछानेले अझै धेरै लडाइँ बाकी भएकाले पछि बोल्ने समय आए नबोल भने पनि बोल्ने बताए । रविसहित सूर्यदर्शन सहकारी प्रकरणका प्रतिवादीलाई बिहीबार कास्की जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो । 

    न्यायाधीश नीतिज राईको एकल इजलासले आदेश दिए लगत्तै रविले बैंक ग्यारेन्टीमार्फत् ६५ लाख धरौटी बुझाएर अदालतबाट निस्किएका हुन् । 

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ता खुशी हुदै नारा बाजि गरेका थिए । काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थिति हुने शर्तमा प्रहरीले रविलाई परिवारको जिम्मा लगाएको हो । 
    रविसहित छविलाल जोशी, रामबहादुर खनाल, लिला पछाईं, कृष्णबहादुर गुरुङ, मीना गुरुङ र आरती गुरुङले बिहीबार नै धरौटी बुझाएर रिहा भएका हुन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार