images
images

हिरासतममुक्त भए पनि रवि लामिछानेको सांसद पद निलम्बित रहने

हिरासतममुक्त भए पनि रवि लामिछानेको सांसद पद निलम्बित रहने

शुक्रवार, पुस २६ २०८१
शुक्रवार, पुस २६ २०८१
  • हिरासतममुक्त भए पनि रवि लामिछानेको सांसद पद निलम्बित रहने
    images
    images

    काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने कास्कीबाट हिरासतमुक्त भए पनि संसद्बाट भने निलम्बित नै रहनेछन् । उनीविरुद्ध परेका मुुद्दा अदालबाट अन्तिम किनारा नलागेसम्म लामिछाने सांसद पदबाट निलम्बित नै हुने भएका हुन् । 

    धरौटीमा रिहा भएका उनको सांसद पद तत्काल फुकुवा हुनेछैन । लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराधसहित सम्पत्ति शुद्धीकरणमा पनि कास्की जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएसँगै उनी सांसद् पदबाट निलम्बित भएका थिए । 

    सभामुख घिमिरेले लामिछानेको निलम्बनबारे पुस ८ गते जानकारी दिएका थिए । 

    सम्पत्ति शुद्धीकरण निवारण ऐन–२०६४ को दफा २७ मा रहेको व्यवस्थामा संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक थुनामा रहेको अवधिभर र निज उपर मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिने व्यवस्था रहेको छ ।

    बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीशनीतिज राईको इजलासले रविलाई ६५ लाख धरौटी माग गरेको थियो । ६५ लाख धरौटी तिरेर रवि बिहीबार राति थुनामुक्त भएका छन् । उनी स्थलमार्ग हुँदै आजै काठमाडौँ आइपुग्ने बताइएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार