images
images

मेटलाइफको ‘सधैँ तपाइको साथ’ कार्यक्रमद्वारा ग्राहकप्रति व्यक्तिगत सेवा र भरपर्दो सम्बन्धको प्रतिबद्धता

मेटलाइफको ‘सधैँ तपाइको साथ’ कार्यक्रमद्वारा ग्राहकप्रति व्यक्तिगत सेवा र भरपर्दो सम्बन्धको प्रतिबद्धता

आइतवार, पुस २८ २०८१
आइतवार, पुस २८ २०८१
  • मेटलाइफको ‘सधैँ तपाइको साथ’ कार्यक्रमद्वारा ग्राहकप्रति व्यक्तिगत सेवा र भरपर्दो सम्बन्धको प्रतिबद्धता
    images
    images

    काठमाडौँ / मेटलाइफ नेपालले आफ्ना ग्राहकहरूसँग गहिरो सम्बन्ध बढाउन र निरन्तर सहयोग प्रदान गर्नका लागि मेटलाइफ ‘सधैँ तपाइको साथ’ (विथ यु) एक अग्रगामी कार्यक्रमको सुरुवात गरेको छ । सो अभिनव कार्यक्रमले कम्पनी र ग्राहक बीचको सम्बन्धलाई सुदृढ पार्ने उद्देश्यले आफ्नो बिमा योजना र अतिरिक्त सेवाहरूबारे राम्ररी जानकारी प्रदान गर्दै उनीहरूलाई कम्पनीप्रति विश्वस्त रहन सुनिश्चित गर्ने लक्ष्य राखेको छ ।

    उक्त कार्यक्रमको मूख्य उद्देश्य ग्राहकहरूलाई व्यक्तिगत सेवा प्रदान गर्ने प्रतिबद्धता रहेको छ । मेटलाइफका अभिकर्ताहरूले आफ्ना ग्राहकहरूसँग नियमित रूपमा सम्पर्कमा रहनेछन् र परम्परागत बीमाको दायरालाई पार गरेर प्रत्यक्ष भेटघाट गर्नेछन् । यी भेटघाटहरू केवल शिष्टाचार भेट मात्र नभई ग्राहकहरूलाई बिमा योजनाहरूको जानकारी र विभिन्न अन्य सेवाहरूको विस्तृत मार्गनिर्देशनहरू प्रदान गर्दै सेवाहरूलाई प्रभावकारी रूपमा प्रयोग गर्न मद्दत गर्ने उद्देश्यले आयोजना गरिनेछ । साथै, ग्राहकहरूले मेटलाइफ नेपालको नयाँ पहलहरू र ग्राहकहरूको लागि हुने गतिविधिहरूबारे जानकारी प्राप्त गर्नेछन् ।

    मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भने, “यस कार्यक्रम सँगै मेटलाइफ नेपालले ग्राहक संलग्नतामा नयाँ मापदण्ड स्थापना गर्दैछ, र उत्कृष्ट, ग्राहक–केन्द्रित सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई थप मजबुत बनाउँदैछ । यस ‘सधैँ तपाईंको साथ’ कार्यक्रम हाम्रो ग्राहकहरूसँगको सम्बन्धलाई पुनः परिभाषित गर्ने महत्त्वपूर्ण कदम हो, जसले ग्राहकहरूलाई हामीसँगको यात्रालाई निर्धक्क भएर अगाडि लैजान आत्मविश्वास दिने लक्ष्य राखेको छ ।”   

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार