images
images

सेयर बजारमा उछाल, नेप्से परिसूचक र कारोबार रकममा उच्च बृद्धि

सेयर बजारमा उछाल, नेप्से परिसूचक र कारोबार रकममा उच्च बृद्धि

बुधवार, माघ ९ २०८१
बुधवार, माघ ९ २०८१
  • images
    images
    सेयर बजारमा उछाल, नेप्से परिसूचक र कारोबार रकममा उच्च बृद्धि
    images
    images

    काठमाडौँ / बुधबार सेयर बजार २ प्रतिशतको उछाल आएको छ । अघिल्लो दुई कारोबार दिन सामान्य बढेको नेप्से परिसूचक आज ५२.३६ अङ्कले बढेर २६६५.४५ बिन्दुमा पुगेको हो । 

    images
    images

    यसैगरी, सेन्सेटिभ इन्डेक्स पनि ८.६५ अङ्कले बढेर ४४८.८० बिन्दुमा पुगेको छ भने फ्ल्ट इन्डेक्स ३.२२ अङ्कले बढेर १७९.७३ बिन्दुमा पुगेको छ भने सेन्सेटिभ फ्ल्ट इन्डेक्स २.६७ अङ्कले बढेर १४९.७८ बिन्दुमा उक्लिएको छ ।

    यो दिन १९६ कम्पनीको सेयर मूल्य बढ्दा ३७ ओटाको मात्रै घटेको छ । त्यस्तै, ९ ओटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो । बुधबार ३२२ धितोपत्रको १ करोड ७६ लाख ९२ हजार ८१९ कित्ता सेयर खरिद बिक्री भएको छ । सेयर कारोबार बढेसँगै रकममा समेत उच्च बृद्धि भएको छ । 

    अघिल्लो दिन ६ अर्ब १९ करोड १ लाख ४१ हजार रुपैयाँ बराबरको मात्रै सेयर किनबेच भएको बजारमा आज ९ अर्ब २० करोड ३० लाख ८८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बजार पुँजीकरण रकम ४४ खर्ब २१ अर्ब १८ करोड पुगेको छ ।

    सबै सेक्टरमा हरियाली 

    बुधबार कारोबारमा आएका १३ ओटै सेक्टरमा हरियाली छाएको छ । जसमध्ये अन्य र लगानी सेक्टरमा लगानीकर्ताहरूको आकर्षण बढेको छ । यो दिन अन्य समूहको सूचक ४.२४ प्रतिशत, लगानी समूह ३.८२ प्रतिशत, व्यापार समूहको २.४५ प्रतिशत, विकास बैंक समूहको २.७४ प्रतिशत, होटल्स  तथा पर्यटन समूहको २.७१ प्रतिशत, हाइड्रो पावर समूहको २.१२ प्रतिशतले सूचक बढेका छन् । 

    यसैगरी बैंकिङ समूहको सूचक १.३२ प्रतिशत, वित्त समूहको ०.८९ प्रतिशत, जीवन बिमाको १.८९ प्रतिशत, लघुवित्तको १.०७ प्रतिशत र निर्जीबन बिमा समूहको सूचक १ प्रतिशतले बढेको छ । उत्पादन तथा प्रशोधन समूह, वित्त र उत्पादन तथा प्रशोधन समूहको सूचकसमेत आज सामान्य बढेको छ । 

    दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट 

    बुधबार दुई ओटा कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक र दोल्ती पावर कम्पनीको सेयर मूल्य आज १० प्रतिशतले बढेको हो । यसैगरी, ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.८१ प्रतिशतले बढेको छ । 

    यता, बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको सेयर मूल्य सबैभन्दा बढी ८.२१ प्रतिशतले घटेको छ । बुधबारको कारोबार रकममा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको हिस्सा सबैभन्दा बढी छ । यो कम्पनीको ६१ करोड ३६ लाख ४८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

    यसैगरी, नेपाल रिइन्सुरेन्स कम्पनीको ४१ करोड २९ लाख ४४ हजार रुपैयाँ, हिमालयन रिइन्सुरेन्सको ३१ करोड ९६ लाख ९५ हजार र सिइडिबी होल्डिङ्स लिमिटेडको २९ करोड ४२ लाख ६० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 
     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार