images
images

हेराल्ड अन्तरकलेज बास्केटबल भोलिदेखि

हेराल्ड अन्तरकलेज बास्केटबल भोलिदेखि

बिहिवार, माघ २४ २०८१
बिहिवार, माघ २४ २०८१
  • images
    images
    हेराल्ड अन्तरकलेज बास्केटबल भोलिदेखि
    images
    images

    काठमाडौँ / हेराल्ड इन्टरनेसनल कलेजको आयोजनामा चौथो हेराल्ड कप अन्तरकलेज छात्र बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा १६ टिमको सहभागिता रहने हेराल्डका प्रिन्सिपल एसोसिएट प्रोफेसर विनोद रेग्मीले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । 

    सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । समूह ‘ए’ मा एन्जल्स हार्ट, न्युटन, युनिग्लोब र हेराल्ड तथा समूह ‘बी’ मा गोल्डेनगेट, साइपाल एकेडेमी, लालीगुराँस नेसनल एकेडेमी र फ्लोरोसेन्ट रहेका छन् । 

    बीजीसी, साउथ वेस्टर्न, जेभियर इन्टरनेसनल र नामी समूह ‘सी’ तथा सीसीआरसी, ओरियन्ट, ग्रिनफिल्ड र भीएससी समूह ‘डि’ मा छन् । प्रत्येक समूहको शीर्ष २ टोली क्वाटरफाइनलमा प्रवेश गर्ने छन् ।

    प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने एकेडेमिक को–ओर्डिनेटर दिपेन्द्र पुडासैनीले जानकारी दिए । सिफ्ट इन्चार्जद्वय राजेशराज अर्याल र मदनप्रसाद फुयालले प्रतियोगिताको विविध पक्ष बारे प्रकाश पारेका थिए । 

    साताव्यापी प्रतियोगिताका खेलहरु बसुन्धरास्थित आयोजककै कोर्टमा खेलाइनेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार