images
images

‘इ-प्लानेट नेशनल हाइस्कूल क्रिकेट च्याम्पियनसीप-२०८१’ को उपाधि पारामाउन्ट कलेजलाई

‘इ-प्लानेट नेशनल हाइस्कूल क्रिकेट च्याम्पियनसीप-२०८१’ को उपाधि पारामाउन्ट कलेजलाई

आइतवार, माघ २७ २०८१
आइतवार, माघ २७ २०८१
  • images
    images
    ‘इ-प्लानेट नेशनल हाइस्कूल क्रिकेट च्याम्पियनसीप-२०८१’ को उपाधि पारामाउन्ट कलेजलाई
    images
    images

    काठमाडौँ / इ-प्लानेट नेशनल हाइस्कूल क्रिकेट च्याम्पियनसीप-२०८१ को उपाधि पारामाउन्ट कलेजले जितेको छ । हाइप यती इभेन्ट्सद्वारा आयोजित यो प्रतियोगिताअन्तर्गत खेलिएको नेशनल फाइल्सको फाइनल खेलमा पारामाउन्ट कलेजले आस्था कलेजलाई ३७ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

    फाइनल खेलमा आस्था कलेजले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको थियो । पहिला ब्याटिङ गर्दै पारामाउन्ट कलेजले निर्धारित २० ओभरको खेलमा चार विकेट गुमाएर १५२ रन बनायो । 

    पारामाउन्टका लागि सन्देश पन्थीले ४३ बलमा ५३ रनको योगदान दिए भने अमन बोहोराले ५३ बलमा ४२ रन बनाए । पारामाउन्टका लागि अभिनाश सिंहले तीन ओभर बलिङ गर्दै ४१ रन दिएर दुई विकेट लिए भने सुगम बुढाथोकीले तीन ओभर बलिङ गरेर ११ रन खर्चिँदै एक विकेट लिए ।

    १ सय ५५ रनको लक्ष्य पछ्याउन मैदानमा प्रवेश गरेको आस्था कलेजको टीम १९।१ ओभरमा सबै विकेट गुमाएर ११५ रनमै समेटियो । 

    आस्थाका लागि सुगम बुढाथोकीले ४१ बलमा ६८ रनको इनिङ खेले पनि उनले आफ्नो टीमलाई जिताउन सकेनन् । सुगमबाहेक सुयोग भट्टराईले मात्र दोहोरो अंक (१३ बलमा १३ रन) मा रन बनाउन सफल भए । 

    आस्थालाई सस्तैमा समेट्ने क्रममा पारामाउन्टका बलर शिव कुँवरले धारिलो बलिङ गरे । उनले चार ओभरमा एक मेडन राख्दै ९ रन खर्चेर आस्थाका तीन विकेट लिए । त्यस्तै आशुतोष पाण्डेले चार ओभरमा ३६ रन खर्चेर तीन विकेट लिए ।

    यो खेलमा सन्देश पन्थीले प्लेयर अफ द म्याचको उपाधि जिते । समग्र टुर्नामेन्टमा भने आस्था कलेजका भुपाल दंगालले बेस्ट ब्याट्सम्यान अफ द टुर्नामेन्टको उपाधि जिते भने वेस्टर्न क्रिष्टल एकेडेमीका सचिन भट्टले इनर्जेटिक बलर अफ द टुर्नामेन्टको उपाधि जिते । त्यस्तै मोस्ट भ्लायूएवल प्लेयर अफ द टुर्नामेन्टको उपाधि पारामाउन्ट कलेजका सन्देश पन्थीले जिते ।

    ई–प्लानेटको मुख्य प्रायोजनमा देशव्यापी रुपमा आयोजना भएको नेशनल हाईस्कुल च्याम्पियनसिप (एनएचसी)को राष्ट्रिय फाइनल गत माघ २३ गते बुधवारदेखि लोअर मुलपानी क्रिकेट ग्राउडमा सञ्चालन भएको थियो ।

    यो प्रतिष्ठित प्रतियोगितामा देश भरका सात क्षेत्रीय विजेता तथा काठमाडौँ छनोटको उप–विजेता टिम गरि कुल आठ वटा टीमले प्रतिस्पर्धा गरेका थिए । राष्टिय फाइनलमा अर्किड कलेज, आस्था कलेज, मोनास्टिक कलेज, पारामाउन्ट कलेज, कास्की मोडर्नाइज्ड, वेस्टर्न क्रिस्टल एकेडेमी, शिक्षान्तर कलेज तथा हिमालय एकेडेमीबीच प्रतिस्पर्धा भएको थियो ।

    यो प्रतियोगिताको टुर्नामेन्ट डाइरेक्टर रवीन्द्र गुप्ता तथा व्यवस्थापक कपिल भण्डारी रहेका थिए । प्रतियोगितामा ई–प्लानेट (शीर्ष प्रायोजक), रुटिन अफ नेपाल बन्द (डिजिटल पार्टनर), खेल पाटी (प्रसारण पार्टनर), विकेट नेपाल (मीडिया पार्टनर) तथा यति एयरलाइन्सको ‘गिभन विङ्स’ (यात्रा पार्टनर)को साथ रहेको थियो । 

    प्रतियोगिताले नेपालका उत्कृष्ट विद्यालयस्तरका क्रिकेट खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार