images
images

आइएमईको स्टोरी एम्बेसडर बने साइग्रेस, विश्व श्रम बजारका नेपालीको अनुभूति सुनाइने

आइएमईको स्टोरी एम्बेसडर बने साइग्रेस, विश्व श्रम बजारका नेपालीको अनुभूति सुनाइने

मंगलवार, माघ २९ २०८१
मंगलवार, माघ २९ २०८१
  • images
    images
    आइएमईको स्टोरी एम्बेसडर बने साइग्रेस, विश्व श्रम बजारका नेपालीको अनुभूति सुनाइने
    images
    images

    काठमाडौँ / स्टोरी टेलिङमा पहिचान बनाएका साइग्रेस पोख्रेल अर्थात सन्तोष पोखरेल आइएमई लिमिटेडको स्टोरी एम्बेसडरको रूपमा  नियुक्त भएका छन् ।

    विश्व श्रम बजारमा छरिएर रहेका नेपालीका भोगाइ र देखाइका अनभुतिलाई साइग्रेसले कथामार्फत उनीहरूका घर आँगन र परिवारसम्मै पुयाउन मद्दत गर्नेछन् । 

    नेपाली माटोमा सिकेको सिप र क्षमतालाई बिश्व  बजारमा पुराएर नेपालमा फूल फुलाउन अग्रणी भूमिका निर्वाह गर्ने नेपाली युवाको कथा अब साईग्रेसको आवाजमा सुन्न पाइनेछ । 

    कामको बाध्यता होइन कामको हुटहुटीले पनि बिदेशमा नेपालीले पसिना बगाएका छन् भन्ने कुराको प्रमाण समेत साईग्रेसको आवाजमा मिसिएको कथाले ब्यक्त गर्ने कम्पनीको बुझाई छ । 

    नेपाली कथा बाचनमा एउटा छुट्टै आयाम थप्न सफल साइग्रेस पोख्रेलले देश तथा विदेशमा चर्चा कमाई सकेका युवा अभियन्ता हुन् । 

    सामाजिक सञ्जालमा लाखौँले पछ्याएका साईग्रेसले अव बिश्वको रहेका हरेक कुनामा रहेका नेपालीका  भोगाइ र अनुभवलाई लिपिबद्ध गर्नेछन् । 

    साईग्रेसले आफ्नो आवाज दिएका आइएमइका सामग्रीहरूलाई आइएमईका सामाजिक प्लेटफर्म यूट्यूव, फेसबुक तथा इन्स्टाग्राम लगायतमा संजालहरूमा पोष्ट गरिने पनि कम्पनीले जनाएको छ । 

    हेर्दा सामान्य लाग्ने तर श्रम बजारमा निकै अर्थपूर्ण मानिएका भोगाइलाई साइग्रेसको बाचन मार्फत टिकटक, रिलमा समेत समेट्ने कम्पनीले उल्लेख गरेको छ । 

    विश्व बजारमा रहेका नेपालीका भोगाइलाई लिपिबद्ध गर्दै कथात्मक शैलीमा नेपालीमाझ पस्किने जमर्को वास्तवमै प्रभावकारी सावित हुने पनि कम्पनीले जनाएको छ ।

    कामको शिलशिलामा विदेशमा रहँदा भोगेका, देखेका, र अनुभूति गरेका दिनचर्यालाई अव साइग्रेसले लयबद्ध गर्ने छन्, जसले गर्दा नेपालमा रहेका आफन्त र परिवारजनमा थप उत्साह र उत्प्रेरणा पैदा हुने आइएमई लिमिटेडका महाप्रबन्धक बद्री कटवालले बताए  । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार