images
images

प्रविधिलाई जोड दिँदै नेपालीलाई कृषिमा आत्मनिर्भर बनाउने सरकारको उद्देश्य छ : कृषिमन्त्री अधिकारी

प्रविधिलाई जोड दिँदै नेपालीलाई कृषिमा आत्मनिर्भर बनाउने सरकारको उद्देश्य छ : कृषिमन्त्री अधिकारी

शुक्रवार, फागुन २ २०८१
शुक्रवार, फागुन २ २०८१
  • images
    images
    प्रविधिलाई जोड दिँदै नेपालीलाई कृषिमा आत्मनिर्भर बनाउने सरकारको उद्देश्य छ : कृषिमन्त्री अधिकारी
    images
    images

    काठमाडौँ / कृषि, तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषिमा प्रविधिलाई जोड दिइने बताएका छन् । शुक्रबारबाट काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको सातौँ नेपाल एग्रीटेक तथा नेपाल फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पोको उद्घाटन गर्दै मन्त्री अधिकारीले प्रविधिलाई जोड दिँदै नेपालीहरूलाई आत्मनिर्भर बनाउने सरकारको उद्देश्य रहेको बताएका हुन् । 

    उनले कृषिमा आत्मनिर्भर बन्न यान्त्रीकरणको जरुरी रहेको उल्लेख गर्दै एक्स्पोले कृषि क्षेत्रको विकास गर्न महत्त्वपूर्ण जानकारी दिने विश्वास व्यक्त गरे । मन्त्री अधिकारीले यान्त्रीकरणको माध्यमबाट मात्रै कृषिको विकास हुनेकुरा सबैले स्वीकार्नुपर्ने बताए । 

    उनले सामान्यभन्दा सामान्य उत्पादनका लागि पनि यान्त्रीकरणकै माध्यमबाट अगाडि जानसके आत्मनिर्भरताका लागि मात्रै नभइ व्यवसायिक खेतीका लागि र नेपालीहरु बचाउनका लागि नेपालीहरुको भान्सामा पुग्न सकिने जानकारी दिए । 

    मन्त्री अधिकारीले एक्स्पोले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई ठुलो टेवा पुग्ने र यस किसिमको प्रदर्शनीहरु ग्रामीण क्षेत्रमा पनि गर्न जरुरी रहेको औंल्याए । 

    “हामीले सामान्यभन्दा सामान्य उत्पादनका लागि पनि यान्त्रीकरणकै माध्यमबाट अगाडि जानसके हामीले आत्मनिर्भरताका लागि मात्रै नभइ व्यवसायिक खेतीका लागि र नेपालीहरु बचाउनका लागि नेपालीहरुको भान्सामा हामी आफैँ पुग्नसक्छौँ । प्रविधिलाई जोड दिँदै नेपालीहरु आफ्नै खुट्टामा उभिनसक्ने वातावरण तयार गर्ने सरकारको उद्देश्य छ ।,’’ मन्त्री अधिकारीले भने, “यो एक्स्पोले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई ठुलो टेवा पुगेको छ । मन्त्रालयबाट के कस्तो सहयोग गर्नुपर्ने हो त्यसका लागि मन्त्रालय तयार छ । यस्तो एक्स्पो ग्रामीण तह, सातै प्रदेशमा लैजानसके झनै फाइदा हुनेछ ।” 

    काठमाडौँको भृकुटीमण्डपमा आज (शुक्रबार)देखि सुरु भएको एक्स्पो आइतबारसम्म चल्नेछ । 

    कृषि क्षेत्रको विकासमा सघाउन मिडिया स्पेस सोलुसन्स, फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स्  तथा एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डियाले संयुक्त रूपमा ‘सातौँ नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो’आयोजना गरेको हो । फागुन ४ गतेसम्म चल्ने मेलामा नेपाली कृषि उद्यमी, विदेशी व्यवसायी तथा कम्पनीहरूको स्टल रहनेछ । 

    मेलामा प्रवेश शुल्क लाग्ने छैन भने अवलोकनकर्ताले आफ्नो चाहना आवश्यकता र चासो अनुसारको स्टलमा गएर सम्पूर्ण जानकारी लिन सक्ने व्यवस्था गरिएको छ । आयोजकले यसलाई ‘प्रदर्शनी भित्रको प्रदर्शनी’ पनि भनेका छन् । 
     
    उक्त प्रर्दशनीमा देशैभरिका अगुवा किसान, नगरपालिका तथा गाउँपालिकाका प्रतिनिधि, नीति निर्माता, व्यवसायी, उद्यमी, व्यापारी, आयातकर्ता, निर्यातकर्ता, सरकारी तथा गैर–सरकारी संस्थाहरु, बैंक तथा वित्तीय संस्थाहरू, अनुसन्धानकर्ता, शिक्षक, विद्यार्थी, शिक्षण संस्थाहरूको उपस्थिति हुने आयोजकले जनाएको छ । 

    गाउँपालिका राष्ट्रिय महासंघ नेपाल र राष्ट्रिय कृषक समूह महासंघको विशेष पहलमा देशभरीबाट किसानहरू प्रदर्शनीको अवलोकन गर्ने बताइएको छ । 

    उक्त मेला देशभरीबाटै बढीभन्दा बढी उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधिलगायत आधुनिक प्रविधिहरूको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर हुने आयोजकको विश्वास छ ।

    सबैका लागि निःशुल्क प्रवेशको व्यवस्थाले नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नविनतम प्रविधि तथा सेवाहरुको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगद्वारा कृषि उत्पादन बृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास रहेको आयोजक मिडिया स्पेस सोलुसनले जनाएको छ । 

    केके छन् प्रदर्शनीमा ?

    प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुर्याउने साना साना औजार, मेशिनदेखी लिएर डेरी मेसिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने उपकरणहरू राखिनेछ । साथै, नेपालको कृषि क्षेत्रको यान्त्रीकीकरणमा सहयोग पुर्याउन यो प्रदर्शनी कोशेढुंगा सावित हुने आयोजक कम्पनीको दावी छ । 

    साथै, प्रर्दशनीमा कृषिका विभिन्न विधाहरु जस्तै कुखुरापालन, माछापालन, बाख्रापालन, गाई भैंसी पालन, डेरी, कृषिका मेसिनरी औजार, उपकरण, भेटेनरी, खाद्य प्रविधि बारेमा जानकारी प्राप्त गर्न सकिने छ । मूख्य प्रदर्शनी स्थलमा सबै बिधाका अलग अलग समूह स्टल रहने छन् । 

    नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पोलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले प्रवर्द्धन गरेको छ । 

    त्यस्तै, नेपाल गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल पोल्ट्री महासंघ, राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल कृषि सहकारी केन्द्रिय संघ लि तथा राष्ट्रिय कृषक समूह महासंघ नेपालले पनि उक्त प्रदर्शनीलाई सहयोग गरेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार