images
images

आयल निगमले पेट्रोलको मूल्य एक रुपैयाँ बढायो

आयल निगमले पेट्रोलको मूल्य एक रुपैयाँ बढायो

आइतवार, फागुन ४ २०८१
आइतवार, फागुन ४ २०८१
  • images
    images
    आयल निगमले पेट्रोलको मूल्य एक रुपैयाँ बढायो
    images
    images

    काठमाडौं/  नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । शनिबार एक विज्ञप्ती जारी गर्दै निगमले पेट्रोलको मूल्य बढेको जनाएको हो । डिजेल तथा मट्टितेलको मूल्य भने घटेको छ ।
    निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ बढ्दा डिजेल तथा मट्टितेलको मूल्य ४ रुपैयाँ घटेको छ । नयाँ मूल्य आजदेखि लागू हुने छ ।

    नयाँ मूल्यअनुसार अब पेट्रोलको मूल्य पहिलो वर्गका क्षेत्रमा १६५.४० रुपैयाँ, दोस्रो वर्गका स्थानमा १६७ रुपैयाँ र तेस्रो वर्गका स्थानमा १६८ रुपैयाँ पर्नेछ । यसैगरी डिजेल र मट्टीतेल पहिलो वर्गका क्षेत्रमा १५३.५० रुपैयाँ, दोस्रो वर्गका स्थानमा १५५ रुपैयाँ र तेस्रो वर्गका स्थानमा १५६ रुपैयाँ पर्नेछ ।

    पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्। दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन् भने तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन् ।

    हरेक १५ दिनमा निगमले  इण्डियन आयल कर्पोरेशनबाट आएको मूल्यसूची अनुसार मूल्य समायोजन गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार