काठमाडौँ / प्रधान सेनापति अशोकराज सिग्देलले जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबिच पदोन्नति भएकाहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । प्रधान सेनापति सिग्देलले माघ २८ गते उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी दिपेश जंग शाहलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
पदोन्नतिसँगै उपरथी शाह प्रबन्धरथी विभागका विभागीय प्रमुखमा नियुक्त हुनु भएको भएका छन्।
प्रधान सेनापतिले सोही अवसरमा सहायक रथी दर्जामा पदोन्नति भएका दिवश राज रेग्मी र निर्जल अधिकारीलाई सहायक रथी दर्जाको दर्ज्यानी चिन्ह एवं महासेनानी दर्जामा पदोन्नति भएका सातजना प्रमुख सेनानीलाई महासेनानी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरे ।
कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथीवृन्द, अधिकृतहरुका साथै पदोन्नति भएका रथीवृन्द एवं अधिकृतहरूका परिवारजनको उपस्थिति थियो ।