images
images

बिहीबारको राशिफल : आज क–कसलाई धन आर्जन र कार्य सम्पादनमा सफलता मिल्नेछ ?

बिहीबारको राशिफल : आज क–कसलाई धन आर्जन र कार्य सम्पादनमा सफलता मिल्नेछ ?

बिहिवार, फागुन ८ २०८१
बिहिवार, फागुन ८ २०८१
  • images
    images
    बिहीबारको राशिफल : आज क–कसलाई धन आर्जन र कार्य सम्पादनमा सफलता मिल्नेछ ?
    images
    images

    आज विक्रम संवत २०८१ साल फाल्गुन ८ गते,  बिहीबार । ईश्वी सन् २०२५ फेव्रुवरी २० तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । फाल्गुन कृष्णपक्ष । सप्तमी तिथि, ० घडी ३३ पला, बिहान ६ बजेर ५२ अष्टमी । विशाखा नक्षत्र, १० घडी ३५ पला, बिहान १० बजेर ५३ मिनेट उप्रान्त अनुराधा । योग– ध्रुव, ६ घडी ५५ पला, बिहान ९ बजेर २५ मिनेट उप्रान्त व्याघात । बव करण, बिहान ६ बजेर ५२ मिनेट उप्रान्त बालव, बेलुकी ७ बजेर ४५ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–ध्वज योग  चन्द्रराशि–बृश्चिक। राशिअनुसार आज तपाईँको समय कस्तो चल्दैछ ? 

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    व्यवसायमा सोचेजस्तो आम्दानी नहुन सक्छ । कार्यक्षेत्रमा अनुभवी व्यक्तिहरूले साथ दिनेछन् । व्यापारिक निर्णयहरू लिँदा सोचविचार गर्नुहोला । पुरानो समस्या दाहोरिन सक्छ । गोपनीयतामा ध्यान दिनुहोला र प्रयत्न गर्दा आंशिक काम बन्नेछ । मेहनतले दिगो फाइदा हुने काम बन्नेछ । सेयर बजार वित्तीय क्षेत्रमा गरिएको लगानीबाट फाइदा लिन सकिन्छ । 

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    आर्थिक कारोबारमा आफ्नो दृष्टिकोण बदल्नुहोस् सफलता मिल्नेछ। सकारात्मक रहने प्रयास गर्नुहोस् समय अनुकूल रहनेछ। आकर्षक वस्तु उपहारमा पाइनेछ । व्यवसायिक यात्रा खर्चिलो हुनेछ । साझेदारीमा गरिएको व्यवसायमा मनमुटाव देखिनेछ । आज व्यवसायमा लगानी नगर्नु नै राम्रो हुनेछ । पेसा व्यवसायमा सामान्य लाभ लिन सकिन्छ । 

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    लगानीका लागि उपयुक्त समय पर्खनुहोस् । व्यापार उद्योग, सेयर बजार तथा जग्गा जमिनमा गरेको लगानीबाट फाइदा लिन सकिनेछ । रोकिएको काम बन्ने समय छ । मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। प्रयत्न गर्दा दिगो फाइदा हुने काम हातलागी हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। 

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    व्यापार व्यवसायमा लगानी गरी सोचेजस्तो आम्दानी गर्न सकिनेछ । परोपकारी कामले आफूलाई चिनाउन सकिनेछ। विशेष उपहार प्राप्त हुनसक्छ । अरुका लागि समय, श्रम र बुद्धि खर्चपर्ला । अवसर आए पनि नयाँ काम सुरु गर्नुअघि राम्रो सोचविचार गर्नुहाला । मेहनतले चुनौतिका बावजुद केही राम्रा काम बन्न सक्छन् । 

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    समय अनुसार चल्न आफ्नो कार्यशैलीमा परिवर्तन गर्नुपर्ला । कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुनेछ । सवारी साधनको व्यापार व्यवसायबाट सोचेजस्तो नाफा कमाउन सकिनेछ । प्रयत्न गर्दा महत्त्वपूर्ण काम बन्नेछ । लगनशीलताले प्रतिष्ठित काम बन्ने योग छ । दोहोर्याएर गरेका काममा सफलता मिल्नेछ । 

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    गम्भिर समस्याहरू सुल्झिने समय छ । हिम्मतले काम गर्न नसक्दा अवसरर गुम्न सक्छ । यद्यपि, व्यापार, उद्योग तथा वित्तीय क्षेत्रमा गरिएको लगानीले फाइदा हुनसक्छ । समयमै योजना बनाएर सुरु गरेको कामबाट लाभ लिन सकिनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम बन्नेछ । व्यापारमा मनग्य धनलाभ हुनेछ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    श्रमको उचित मूल्याङ्कन हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। उद्योग व्यापारमा कानुन विपरीत कार्य नगर्नुहोला। हातमा परेको रकम खर्च हुनेछ । अरुको मुख ताक्ने बानीले काम पूरा हुने छैन । मेहनतले आम्दानीको स्रोत बृद्धि गर्ने समय छ । परिस्थिति अनुकूल नभए पनि मेहनतले सफलता दिलाउन सक्नेछ । 

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    विदेश यात्राको योग छ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाउने समय छ । नयाँ काम हात पर्दा आयमा बृद्धि हुनेछ । समय चुनौतिपूर्ण भए पनि मेहनतले केही महत्त्वपूर्ण काम बन्ने समय छ । अवसर सही सदुपयोग गर्न सके फाइदा दिलाउने काम बन्ने योग छ । स्वास्थ्यमा समस्या आउदा खर्च बढ्नेछ । 

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    अधुरा योजनाहरू पूरा हुनेछ । व्यापार तथा पशुपालन व्यवसायबाट राम्रै लाभ हुनेछ । पुर्ख्यौली सम्पत्तिको उपयोगले धनलाभ हुनेछ । खर्च लागे पनि लगानी बृद्धि गर्ने समय छ । वैदेशिक रोजगार र भौतिक संसाधन जुटाउनमा खर्च हुनेछ। उपलब्धिमूलक यात्राको प्रक्रिया अघि बढ्न सक्छ । दिगो योजनाको लागि कर्जा लिनुपरे पनि यसले धनलाभ हुनेछ । 

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    प्रयत्न गरेको काम समयमै सम्पन्न हुनेछ । समयको सदुपयोग गरी मनग्य लाभ लिन सकिनेछ । प्रतिष्ठा, मान–सम्मान आदि पाइने समय छ। नयाँ वस्त्र र स्वादिष्ट भोजन मिल्नेछ । अवसरले उत्साह जगाउनेछ । दिगो फाइदा हुने काम बन्नेछ । आयस्रोत बढ्नाले भौतिक साधन जुट्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । रोकिएको काम बन्नेछ । उद्योग र व्यापारमा फाइदा उठाउन सकिनेछ। 

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    धनधान्य तथा सुखमा बृद्धि हुनेछ । कार्यक्षेत्रमा सहकर्मीको साथले महत्त्वपूर्ण काम बन्नेछ । प्रतिष्ठित काम बन्नेछ। लामो समयदेखि रोकिएको कार्य प्रारम्भ हुन सक्ला। तारिफयोग्य काम गर्दै नाम र दाम कमाउने समय छ। भूमि, वाहन र कर्मयोगबाट लाभ मिल्नेछ। विशिष्ट व्यक्तिको सहयोगले महत्त्वकांक्षी योजना बन्ने योग छ । 

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    आजको दिन व्यापार व्यवसायमा लगानी नगर्नु नै उचित हुनेछ । आर्थिक व्यवस्थापन गर्न नजान्दा घरायसी समस्याहरू सुल्झाउन कठिन हुनेछ । चुनौतीभित्र अवसर खोज्ने समय छ। मेहनतले अवसर तथा सफलताले पछ्याउनेछन्। कडा मेहनतले अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त गर्न सकिएला । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार